भक्तपुरमा पहिलो जिल्लाब्यापी स्क्रयाबल च्याम्पियनसिप सम्पन्न

भक्तपुरबाट ४ च्याम्पियन छानिए

भक्तपुर | स्क्रयाबल क्लब पोखरा (SCP) को भक्तपुर कार्यसमितिको आयोजनामा भक्तपुरमा पहिलो पटक जिल्लाब्यापी स्क्रयाबल च्याम्पियनसिप २०१९ सम्पन भएको छ । महाकालीस्थान, भक्तपुरस्थित गोल्डेन गेट इंग्लिश सेकेण्डरी स्कूलले आयोजना गरेको उक्त च्याम्पियनसिपमा स्कूल च्याम्पियनसिपबाट छानिएका ६ वटा विद्यालयका १२ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

SCP का कोषाध्यक्ष पूर्णबहादुर रानाको प्रमुख आतिथ्यतामा भक्तपुर संयोजक सिङ्ग लामाले समन्वय गरेको उक्त च्याम्पियनसिपको अन्तिम राउन्डको खेलबाट जम्मा ४ जना विद्यार्थीहरु आगामी मंसिरमा पर्वतको कुस्मामा हुने नेशनल च्याम्पियनसिपका लागि छानिए छन् । यसरी क्वालीफाई हुनेहरूमा विनायक शिक्षा निकेतनबाट जलज प्रजापति, गोल्डेन गेट इंग्लिश सेकेण्डरी स्कूलबाट आयुशा अवाल र दीक्षान्त परियार र प्रोवेस एकेडेमीबाट रचिना गोसाई चयन भएका छन् । उक्त च्याम्पियनसिपमा उक्त ३ विद्यालयहरूको अलावा माउन्ट भ्यू इंग्लिश बोर्डिंग स्कूल, लिशा ईङ्गलिश सेकेण्डरी स्कूल तथा एड्भान्स एकेडमीको सहभागिता रहेको थियो ।

:262 Views

Leave a Reply