लिटिल फ्लावर्स स्कुलको अभिभावक दिवस सम्पन्न

ललितपुर । सहकारीबाट संचालित लिटिल फ्लावर्स पब्लिक स्कूलको आयोजना भाद्र २७ गते शुक्रबार “Junior Parents Day 2076” भब्यताका साथ सम्पन्न गरेको छ ।
नेपाल सरकारको माननीय शिक्षा मन्त्री गिरीराजमणी पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्ले गु्रपदेखि कक्षा ४ सम्मका सम्पूर्ण भाइबहिनीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुले साँस्कृतिक नृत्य, गीत, राइम्स, नाटक तथा कविता वाचन जस्ता प्रस्तुती समावेस भएका थिए । यस कार्यक्रमबाट विद्यार्थी भाइबहिनीहरुको सामाजिक सदभावको वृद्धि, नेतृत्व विकास, शारीरिक तथा मानसिक विकास भएको छ । यस विद्यालय सहकारी अवधारणाबाट सञ्चालनमा आएको र यसलाई अझ बढी गुणस्तरीय शिक्षा प्रदान गर्न संस्थाको रुपमा स्थापना गर्न यस कार्यक्रमको प्रमुख अथिती माननीय शिक्षा मन्त्री पोखरलेको जोड थियो । यस विद्यालयलाई राष्ट्रिय क्षेत्रमा मात्र नभई अन्तराष्ट्रिय क्षेत्रमा पनी पहुँच पुर्याउन उहाँको अनुरोध थियो । यस विद्यालयको सम्पूर्ण विद्यार्थीहरु अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने कुरामा उहाँ विश्वस्त भएको जानकारी गराउनु भयो ।
कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले, विद्यालयले ब्रिटिस काउन्सिल अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (आइएसए) प्राप्त गरे पनि विभिन्न चुनौतीहरु थपिँदै जाने र त्यसलाई सकारात्मक ढँगबाट सामना गर्दै गुणस्तरीय शिक्षा र विद्यार्थीहरुको भविष्य माथि कसैले खेलबाड गर्न नहुने कुरामा विद्यालयका प्रिन्सिपल विकेश महर्जनको जोड थियो । कार्यक्रमलाई सभ्य र भब्य बनाउन सहयोग पुर्याउनु सम्पूर्ण विद्यार्थीहरु, शिक्षक वर्ग अतिथी तथा अभिभाावकहरुलाई धन्यवाद दिँदै विद्यालयका सहप्रिन्सिपल दिलिपकुमार श्रेष्ठले सभा बिसर्जन गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव