शिक्षा दिवसमा ग्रामरका उत्कृष्ट विद्यार्थी पुरस्कृत

काठमाडौं । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा ग्रामर स्कुल कोटेश्वरमा कक्षागत तथा विविधि विधातर्फ गत वर्षभरी उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।
विद्यालयका सल्लाहकार प्रा.विश्वेश्वर मान श्रेष्ठ, ग्रामर फाण्डेशनका अध्यक्ष पुरन्जन राई, प्रवन्ध निर्देशन यादवचन्द्र राई, बोर्ड सदस्य मुगा वान्तवा राई र राजेन्द्र राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकुमार राई, ग्रामर स्कुल÷कलेजका संस्थापक प्रिन्सिपल राजकुमार राई, निर्देशकहरु दिलेन्द्रकुमार राई तथा भरतकुमार राई,कलेजका भाइस प्रिन्सिपल एकराज कटुवाल, विज्ञान विभागकी इन्चार्ज ज्योति मिश्रलगायतले ती विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए । गत शैक्षिक सत्रमा छात्रतर्फ गौरव पौडेल र छात्रातर्फ कामना गिरी का साथै कक्षा १ देखि ९ सम्म कक्षागत उत्कृष्ट विद्यार्थी तथा विविध विधाका उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कार वितरण गरियो ।
विद्यालयको स्टुडेण्ट अफ द एयरमा कक्षा ९ का आकाश राई र १० की प्रकृति अधिकारी अंगे्रजी भाषातर्फ जोन गुरुंग र रसिया सुब्बा थेवे, उत्कृष्ट हस्तलेखनमा एन्जिला कार्की र कान्छामान तामांग, उत्ृकष्ट खेलाडीमा बास्केटबलतर्फ आर्यन मल्ल र रन्जना वाइवा, फुटबलतर्फ आयुष राई, कराँतेतर्फ अनुनिया राई, उत्कृष्ट स्वयमसेवकतर्फ सभ्य महर्जन, उत्कृष्ट गायनतर्फ स्मारिका सिटौला, उत्कृष्ट नर्तकमा निकित पौडेल, अनुशासित विद्यार्थीमा गौरव पौडेल र आँचल सिंह, सिर्जनशिल विद्यार्थीमा मनु पौडेल र आज्ञाकारी विद्यार्थीमा उजेन बासी छन् । यसैगरी उत्कृष्ट वक्तामा टपुर अधिकारी, सहयोगी र दयालुमा अनामिका अर्याल, उत्कृष्ट स्काउटमा रोहन राई र निशा दर्नाल, हेल्थ एण्ड हाइजिनतर्फ गिनेज न्यौपाने , निकिता केसी र निन्वाम राई, सहयोगी व्यक्तित्वमा क्रिस्टल कार्की, चित्रकलातर्फ डरिंगी शेर्पा छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकुमार राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यायका सल्लाहकार प्रा.विश्वेश्वर मान श्रेष्ठ, ग्रामर फाउण्डेशनका अध्यक्ष पुरञ्जन राई, ग्रामर स्कुल÷कलेजका संस्थापक प्रिन्सिपल राजकुमार राईका साथै पुरस्कृत विद्यार्थीद्वय गौरव पौडेल र प्रकृति अधिकारीले बोलेका थिए भने नेपाली विभागकी प्रमुख आनन्दकला राईलगायतले कार्यक्रम सञ्चालन गरेकी थिइन ।
:330 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव