बेलायती शिक्षक र चलचित्र निर्माता बेबिलोनमा

काठमाडौं । बेलायती अन्तर्राष्ट्रिय शैक्षिक संस्था, ब्रिटिस काउन्सिलबाट २ पटक इन्टरनेशनल स्कुल एवार्ड (आइएसए) विजेता बेबिलोन स्कुल शान्तिनगरमा बेलायती शिक्षक टोली शैक्षिक आदानप्रदानका लागि आएका छन् ।
बेबिलोन स्कुलको कनेक्टिङ्ग क्लासरुम अन्तर्गत बेलायतको साझेदार विद्यालयका शिक्षक टोली बेबिलोनमा आएको विद्यालयको इन्टरनेशनल स्कुल एवार्ड (आईएसए) कोअर्डिनेटर अनिता सिग्देलले बताइन । स्टेभेनेज बेलायतको प्रशिद्ध विद्यालय आल्मण्ड हिल जुनियर स्कुलका शिक्षिका बेली पोर्टर र युके स्कुल क्लस्टर प्रमुख डा.एन्ड्रयु क्रिस्टीका साथै बेलायती स्वतन्त्र चलचित्र निर्माता रोडोल्फ स्काफर रुडि बेबिलोन स्कुलमा आएका हुन । बेलायती शिक्षक टोलीलाई ब्रिटिस काउन्सिलको नेपाली स्कुल क्लस्टर प्रमुख दिनेश खतिवडाले बेबिलोन स्कुलमा परिचय गराएका थिए ।
बेलायती शिक्षक टोलीलाई विद्यालयका प्रिन्सिपल राजु राई, भाइस प्रिन्सिपल रीता राई, निर्देशकद्वय प्रकाश आचार्य र देवीभक्त राई, विद्यालयका कार्यक्रम संयोजक टीकाप्रसाद सुवेदी, रिसर्चर घनश्याम दाहाल, आईएसए कोअर्डिनेटर अनिता सिग्देल, अभिभावक शिक्षक संयोजक कमला केसी, शिक्षक पुरुषोत्तम ढुंगेललगायतले स्वागत गरेका थिए । बेलायती शिक्षक टोलीलाई विद्यालयका प्रिन्सिपल राजु राईले विद्यालयको तर्फबाट उपहार प्रदान गरेका थिए भने बेलायती शिक्षकहरुले ल्याएको शैक्षिक सामाग्री पनि प्रिन्सिपल राईलाई हस्तान्तरण गरिएको थियो ।
बेबिलोनमा आएका शिक्षक बेली पोर्टरले चार कक्षाका विद्यार्थीलाई कक्षा लिएकी थिइन । उनीहरुलाई बेबिलोनका विद्यार्थीहरुले बनाएका विभिन्न चित्रकला प्रदान गर्नुका साथै सांस्कृतिक कार्यक्रम गरि स्वागत गरिएको थियो । उनीहरु बेबिलोन स्कुलमा एकहप्ता बसेर बेबिलोनका विद्यार्थीलाई बेलायतको शिक्षण विधि सिकाउनुका साथै नेपाली शिक्षण विधि सिक्नुका साथै नेपालका विभिन्न विद्यालयमा गएर शैक्षिक आदानप्र्रदान गर्ने आइएसए कोअर्डिनेटर सिग्देलले बताइन ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव