आदर्शमा कविता प्रतियोगिता सम्पन्न

भक्तपुर । आदर्श मावि, लाय्कु, ठिमीका कक्षा ११ र १२ का विद्याथीहरूका बीचमा २०७६ असोज १ गते कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रअ बुद्धिकुमार घोको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा नेपाली विषयक शिक्षक द्वय सप्रअ जीवनाथ अधिकारी तथा डिल्लीराम ढकाल निर्णायक रहेका थिए । १९ जना प्रतियोगी रहेको उक्त प्रतियोगितामा कक्षा ११ की छात्रा सुष्मा तिमल्सिना प्रथम, कक्षा १२ की छात्रा विमला थिङ लामा द्वितीय, कक्षा १२ की छात्रा सृजना कार्की तथा कक्षा ११ का छात्र लालदोर्जे तामाङ तृतीय भएका थिए । वार्षिक अतिरिक्त क्रियाकलापअन्तर्गत आयोजित सो कविता प्रतियोगिताको सञ्चालन छात्रा द्वय विमला थिङ लामा तथा सृजना कार्कीले गरेका थिए । कविताहङ अत्यन्त सामयिक विषयवस्तुमा आधारित थिए भने विद्यार्थीहरूको प्रतिभा निकै परिष्कृत तथा खारिएको देखिएको थियो । सहभागी सबै कविहरूलाई धन्यवाद साथै विजयी कविहरूलाई बधाई दिदै प्रअ बुद्धिकुमार घोले भविष्यमा पनि यस्तै सक्रिय सहभागिता रहने कुरामा विद्यालय विश्वस्त रहेको बताए ।

:96 Views

Leave a Reply