मोर्डन स्कुलको आयोजनामा उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न

भक्तपुर निष्ट स्कुलका मोहित कुँवर प्रथम

भक्तपुर । सूर्यविनायक नपा, दधिकोटस्थित मोडर्न बोडिङ्ग माध्यमिक विद्यालयले संविधान दिवसको उपलक्ष्यमा ‘नेपालको संविधान कार्यान्वयनमा चुनौती’ विषयमा उपत्यकाव्यापी वक्तृत्व कला प्रतियोगिता आयोजना गरेको छ । कक्षा ११ र १२ कानुनका विद्यार्थीहरु बीच भएको उक्त प्रतियोगितामा भक्तपुर निष्टका मोहित कुँवर प्रथम भएका छन् । त्यस्तै रिभिरा इन्टरनेस्नल एकेडेमीका आराध्या दहाल द्धितीय, पाटन निष्ट स्कुलका मनिष रावल तृतीय र भक्तपुर निष्टकी रुविना राई सान्त्वना भएकी थिइन् । विजयी विद्यार्थीहरुलाई शिल्ड, मेडल, नगद पुस्कार र प्रमाणपत्र दिनुका साथै सहभागी सबै विद्यार्थी र विद्यालयलाई मायाको चिनो दिइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व महान्यायधिबक्ता तथा काठमाडौं स्कुल अफ लका संस्थापक डा. युवराज संग्रौलाले नागरिकले आफ्नो कर्तव्य पुरा गरे आफ्नो अधिकार स्वतन्त्ररुपमा प्रयोग गर्न पाउने र त्यसपछि संविधान नचाहिने बताए । जुन देशमा नागरिक अनुशासनमा छैनन् त्यहाँ संविधान चाहिने र जुन देशमा नागरिकलाई आफ्नो देशको माया हुँदैन त्यो देशमा कानून चाहिने उनले बताए ।

मोडर्न बोडिङ्ग माध्यमिक विद्यालय र कलेजका संस्थापक बाबुकाजी कसपालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केएमसी, भक्तपुर निष्ट स्कुल, रिभिरा इन्टरनेस्नल एकेडेमी, पाटन निष्ट स्कुल, जनप्रेमी कलेज लगायत स्कुलहरुको सहभागिता रहेको थियो । काठमाण्डौ स्कुल अफ लका उप–प्राध्यापक अधिवक्ता मुकेश ढुङ्गाना, काठमाण्डौ स्कुल अफ लका सहायक प्रध्यापक अधिवक्ता लक्ष्मी सापकोट र काठमाण्डौ स्कुल अफ लका टिचिङ्ग असिस्टेन्ड अधिवक्ता रक्षा गिरीले निर्णायकको भूमिका निभाएका थिए ।

:99 Views

Leave a Reply