अनल ज्योति तेक्वाण्डो डोजाङलाई सबै उपाधि

ललितपुर । अनल ज्योति तेक्वाण्डो डोजाङले प्रथम कोरियन मार्सल आर्ट एकेडेमी ललितपुर जिल्लाव्यापी तेक्वान्डो पुम्से च्याम्पियनसिपको उपाधि जितेको छ। एपाधि हात पार्ने क्रममा अनल ज्योतिडोजाङ कक्षा ५ का एञ्जेल राईले स्वर्ण, कक्षा ५ का खिम्दि लामा र कक्षा ७ का डेभिड महर्जनले रजत र कक्षा ५ कै निर्मला परियारले कास्य पदक जितेको हो ।

विजेता खेलाडीहरुलाई प्रदेश सभा सांसद मैना अछामी, आयोजक डोजाङ प्रमुख राजु श्रेष्ठ र ललितपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष राजेश लामा लगायतले पुरस्कार प्रदान गरेका थिए । ‘ललितपुर ढोलाहिटिमा रहेको अनल ज्योति स्कुलले शैक्षिक गुणस्तर समयसापेक्ष उच्च राख्दै ललितपुर रिङरोड दक्षिण भेगमै उत्कृष्ट विद्यालय रहँदै आएको छ । यस बिद्यालयको प्राङ्गणमा अनल ज्योति तेक्वाण्डो डोजाङ अन्तर्गत विद्यार्थीहरुलाई तेक्वाण्डो खेल संचालन हुँदै आइरहेको छ ।

:70 Views

Leave a Reply