नेपालकै सर्वाेत्कृष्ट स्कुल बन्यो, राजर्षि गुरुकूल

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुलले ‘एशियाली शिक्षा नेतृत्व पुरस्कार २०१९ (Asian Educational Leadership Award २०१९) पाएको छ ।
एसियाका विभिन्न देशका उत्कृष्ट प्रतिस्पर्धी विद्यालयहरुमध्ये उत्कृष्ट बनेको राजर्षि गुरुकूलले योसँगै ‘नेपालको सर्वश्रेष्ठ इन्टरनेशनल स्कूल २०१९’(Best International School In Nepal २०१९) पनि हासिल गरेको छ । यही १५ सेप्टेम्बरमा भारतको पश्चिम बंगालको कलकत्तामा सम्पन्न कार्यक्रममा विद्यालयलाई उक्त दुई अवार्ड प्रदान गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक लियोन श्रेष्ठले शिक्षा क्षेत्रमा विभिन्न नवीन आयामहरु र नवप्रपर्तनका कामहरु गरी शैक्षिक गुणस्तर वृद्धिमा विद्यालयले पुर्याइरहेको योगदानको कदर गरी उक्त पुरस्कार दिइएको बताए ।
उनले विद्यालयले अन्तर्राष्ट्रिय पूर्व प्राथमिक पाठ्यक्रम(इन्टरनेशनल प्राइमरी करिकुलम, आइपीसी), क्याम्ब्रिज इंग्लिश ल्याग्वेज एसेस्मेन्ट लागू गर्दै स्वदेशका विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिइरहेको जानकारी दिँदै विद्यालयले न्यूजिल्याण्डसँ थ्रीडीआई कार्यक्रम, द सेफिल्ड प्राइभेट स्कुल, विद्यालयमा चिनियाँ भाषाको पठनपाठनसँगै युथ चाइनिज टेस्ट र चाइनिज प्रोफिसेन्सी टेस्ट लगायतका कार्यक्रममा विद्यार्थीहरुलाई निरन्तर सहभागी गराउँदै आएको बताए । शिक्षाको क्षेत्रमा उत्कृष्टता, प्रतिष्ठा र अनुकरणीय कार्यलाई दर्शनीय शैलीमा मनाउने र सम्मान गर्ने विद्यालयलाई यो पुरस्कार प्रदान गरिँदै आएकोमा यो वर्ष राजर्षि गुरुकुल विद्यालय छनोटमा परेको उक्त स्कुल एशियाको सब भन्दा राम्रो अन्तर्राष्ट्रिय स्कूलहरूमा दर्ज भएको आयोजक अर्पित सर्भिसेसले जनाएको छ ।
सोही कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्रेष्ठलाई आउटस्ट्यायण्डिङ लिडरसीप प्रिन्सिपल अफ दि इयर २०१९ बाट सम्मानित गरिएको छ ।
श्रेष्ठले आफूहरुले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार पाउँदा शिक्षा क्षेत्रमा गरिरहेको नौलो अभ्यासलाई पुरस्कृत गरिएको महशुस गरिएको उल्लेख गरे । ‘पुरस्कार पाउँदा हामीलाई ठूलो गर्व लागेको छ, स्कूलमा अन्तर्राष्ट्रिय पाठ्यक्रम लागू गरी एकआपसमा सांस्कृतिक अनुभव आदानप्रदान गर्दा विद्यार्थीलाई अहिलेको युग सुहाउँदो बनाउन सजिलो भएको छ ।’
विद्यार्थीलाई एक आदर्श शिक्षा वातावरण प्रदान गर्न समर्पित विद्यालयको रुपमा रहेको सो स्कुलका प्रिन्सिपल श्रेष्ठले विद्यार्थीहरुले आफ्नो व्यक्तिगत क्षमताको अन्वेषण गरी विशिष्ट कलाको विकास गर्न थलोको रुपमा रहेको बताए । ‘हामी एक प्रगतिशील शिक्षण शैली अनुसरण गर्छौं जुन बालकेन्द्रित र अत्यधिक व्यक्तिगत हो, जहाँ प्रत्येक बच्चा सक्रिय रूपमा उनीहरूको आफ्नै शिक्षामा भाग लिन्छ । शैक्षिक उत्कृष्टताको लागि मात्र प्रयास गर्नुको साटो हामी बच्चालाई समाजमा आवश्यक पर्ने भविष्यका सीपहरू विचार गरेर सम्पूर्ण बच्चालाई शिक्षा दिन र विकास गर्छौं । हामी प्रायोगिक शिक्षामा विश्वास गर्दछौं ।’
राजर्षि र स्कटिस स्कुलबीच सहकार्य
अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि प्रतिवद्ध राजर्षि गुरुकूल र स्कटिस हाइ इन्टरनेशनल स्कुलबीच सहकार्य कायम भएको छ ।
शिक्षामा पछिल्लो समयमा बढिरहेको विभिन्न समस्यालाई समाधान गर्ने उद्देश्यले विद्यालयले विभिन्न अन्तर्राष्ट्रिय स्तरका विद्यालयसँग सम्बन्ध बनाउने क्रममा सो विद्यालयसँग सहकार्य गरिएको विद्यालयकी स्कुल काअर्डिनेटर दिपाली गिरीले जानकारी दिइन् ।
उनले शिक्षक तालिम र शिक्षक तथा विद्यार्थीको नेतृत्व विकासको क्षेत्रमा आवश्यक तालिम, सीप हासिल गरी क्षमता अभिवृद्धिमा सहयोग पुर्याउनका लागि उक्त विद्यालयसँग सहकार्यको हात बढाइएको बताइन् । सो सहकार्यले प्रत्येक तीनतीन महिनामा शिक्षक तालिममा आएका आयामहरुबारेमा एकआपसमा अनुभव आदानप्रदानका साथै तालिम, गोष्ठी र सेमिनारको समेत आयोजना हुनेछ ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव