चङ्गाः बनाऔँ, उडाऔँ, पढाऔँ

रमा थापा काठमाडौँको एउटा सामुदायिक विद्यालयकी निमावि शिक्षिका हुन् । उनी विगत १६ वर्षदेखि शिक्षण कार्यमा संलग्न छिन् । उनी विशेष त सामाजिक शिक्षा पढाउँछिन् । परि आएको खण्डमा नैतिक शिक्षा, गणित, अंग्रेजी पनि पढाउँछिन् । फरक फरक विषय पढाउँदा विषयअनुसारका शिक्षण सामग्रीहरू कक्षामा लगेर प्रयोग गर्छिन् । जस्तै गणितमा आकारको विषयमा पढाउन पर्दा उनी काठका विभिन्न आकारका वस्तुहरू लिएर जान्छिन् । उनले लगेका ती वस्तुको प्रयोगबाट विद्यार्थीहरू निकै उत्साहित भएर सिक्छन् । कोण वा अन्य विभिन्न पाठहरू पढाउन त्यस्तै विविध सामग्री लिएर उनी कक्षामा जान्छिन् । ‘पहिले पहिले शिक्षकले किताब साथमा लिएर जानु नै ठूलो कुरा हुन्थ्यो । तर अहिले त्यतिले पुग्दैन । पाठअनुसारको सामग्री नलगे सिकाइ अपूरो हुन्छ ।’ उनले भनिन् ।

उनले आफ्नो सिकाइ सामग्रीहरूको प्रयोगबारे बताइरहँदा मैले उनलाई सोधेँ ‘तपाईँ चङ्गा कहिले प्रयोग गर्नुहुन्छ?’ मेरो प्रश्न नसकिँदै उनले जवाफ फर्काइन् ‘हामीले सानो कक्षामा चङ्गाको धेरै उपयोग गरेका छौँ । हामी आफै चङ्गा बनाउँछौँ । त्यसमा कहिले विद्यार्थीको नाम लेखेर त कहिले नम्बर लेखेर कुनै भित्तामा टाँस्छौँ त कुनै कक्षा कोठामा झुन्ड्याउँछौँ ।’ त्यसपछि फेरि सोधेँ ‘उडाउन मिल्ने चङ्गा बनाउनु भएको कि चङ्गाको आकार बनाउनु भएको ?’ मेरो सो उत्तरको जवाफ दिन उनले समय लगाइन् र भनिन् ‘उडाएको त छैन तर चङ्गा भनेर बच्चाहरूलाई भन्ने गरेका छौँ ।’

उनीसँगको कुराकानीपछि के पनि अनुमान लगाउन सकियो भने उनले अहिलेसम्म चङ्गालाई शिक्षण सामग्रीको रूपमा प्रयोग गर्ने विषयमा ध्यान दिएकी रहिनछिन् । त्यस्तै ललितपुरको एउटा संस्थागत विद्यालयका प्रधानाध्यापकसँग चङ्गाको शैक्षिक प्रयोग भएको छ भनी बुझ्न खोज्दा उनले यस्तो जवाफ दिए ‘गर्न त सकिन्छ तर अहिलेसम्म गरेको छैन ।’ काठमाडौँ उपत्यकाका अन्य पनि केही विद्यालयमा गएर बुझ्दा चङ्गालाई दशैँतिहारमा फुर्सदको समयमा उडाउने एउटा खेल सामग्रीको रूपमा मात्र बुझेको र बुझाइएको पाइयो ।

स्थानीय पालिकामा विद्यालयतहको सम्पूर्ण जिम्मेवारी गइसकेपछि पछिल्लो समय स्थानीय पाठ्यक्रम बनाउने होड चलेको छ । अहिले पनि स्थानीय पाठ्यक्रम बनाउने र लागु गर्ने अभियान जारी नै छ । भक्तपुर नगरपालिका सबैभन्दा पहिला स्थानीय पाठ्यक्रम तयार पार्ने नगरपालिका भएको बताइन्छ । जसले हालसम्म कक्षा १,२,६ र ७ कक्षाको लागि पाठ्यक्रम बनाइसकेको छ र नगरपालिका मातहतका विद्यालयहरूमा पठनपाठन शुरु पनि भइसकेको छ । भक्तपुरमा टोल टोलमा चङ्गा उडाउने गरिन्छ । हरेक केटाकेटी दशैँ आउने दिन गन्दै औँला भाँचिरहेका हुन्छन् । तर त्यहीँ पनि स्थानीय पाठ्यक्रम बनाउँदा चङ्गाबारे कतै उल्लेख भएको देखिन्न । यी केही उदाहरण मात्र हुन् ।

आफ्नो इच्छाअनुसार जतिबेला मन लाग्यो उही बेला चङ्गा उडाउन मिल्दैन । कारण, धार्मिक विश्वास र मौसम नै हुन् । तर विदेशतिर चङ्गा उडाउन कुनै चाडपर्व कुर्न पर्दैन । जब मानिसहरूलाई फुर्सद हुन्छ, त्यतिबेला उनीहरू चङ्गा उडाउन थालिहाल्छन् । नेपालीहरूले चङ्गा उडाउने भन्ने वित्तिकै चङ्गा उडाउने अनि एक आपसमा लडाउने र चङ्गा चेट गर्ने भन्ने सम्झन्छन् । तर उनीहरू तनाव कम गर्न र आनन्द लिन चङ्गा उडाउने गर्छन् ।

नेपालमा चङ्गा उडानको इतिहास धेरै लामो छ । लिखित इतिहास नभएपनि नेपालमा लिच्छवी कालदेखि नै चङ्गा उडाउने चलन चलिआएको संस्कृतिविदहरू बताउँछन् । नेपाली संस्कृतिले चङ्गालाई दूतको संज्ञा दिन्छ । वर्षायामको दौरान अत्याधिक वर्षा भएपछि त्यसलाई रोक्न स्वर्गका राजा इन्द्रसम्म सन्देश पुर्याउनका लागि चङ्गाको प्रयोग गरिएको बताइन्छ । आफ्नो इच्छाअनुसार जतिबेला मन लाग्यो उही बेला चङ्गा उडाउन मिल्दैन । कारण, धार्मिक विश्वास र मौसम नै हुन् । तर विदेशतिर चङ्गा उडाउन कुनै चाडपर्व कुर्न पर्दैन । जब मानिसहरूलाई फुर्सद हुन्छ, त्यतिबेला उनीहरू चङ्गा उडाउन थालिहाल्छन् । नेपालीहरूले चङ्गा उडाउने भन्ने वित्तिकै चङ्गा उडाउने अनि एक आपसमा लडाउने र चङ्गा चेट गर्ने भन्ने सम्झन्छन् । तर उनीहरू तनाव कम गर्न र आनन्द लिन चङ्गा उडाउने गर्छन् ।

हामीकहाँ चङ्गालाई मौसमी मनोरञ्जन लिने साधनको रूपमा हेरिने भएकोले अन्य समयमा यसको खासै चासो गरेको पाइँदैन । यही कारण पनि यसको महत्व कम हुँदै गएको धेरैको अनुमान छ । हरेक वर्ष दशैँतिहार नजिकिएको सन्देश दिने, दशैँतिहारको महत्व झल्काउने चङ्गा विस्तारै विस्तारै बिर्सिँदै जानुले हामी हाम्रो पहिचानबाट विमुख हुन थालेको भान गराउँछ । त्यसैले यस विषयमा गम्भीर चासोको आवश्यकता महशुस गरिन थालेको छ ।

चङ्गा कागज वा कपडाको चार कुने टुक्रा । त्यसमा एउटा घुमाउरो र एउटा ठाडो सिन्का । काम्रो हाली बनाइएको । यसलाई कटहेराको डाँडाभाटा पनि भनिन्छ जसलाई मिलाउने काम साह्रै गाह्रो हुन्छ । चङ्गा धागो गाँसेर हावामा उडाइने खेलको साधन । यो हावाको गति र दिशा अनुसार उड्छ । नेपालमा दशैँ तिहारको रौनकको रूपमा लिइन्छ, चङ्गालाई । दशँै सुरु हुनु अघिदेखि नै आकाशमा चङ्गा उडिरहेको दृश्य देख्न सकिन्छ । यो दृश्यले दशैँ आएको संकेत पनि गर्छ ।

दशैँ शरद ऋतुमा पर्छ । यो बेला मौसम पनि सफा हुन्छ । हावा पनि न तातो न धेरै चिसो । मन्द हावाको बहावसँगै मानिसहरू पनि चङ्गामा रमाउँछन् । यो बेला आकाशमा चङ्गाको अनुपस्थिति भयो वा कम देखियो भने दशैँतिहारको रौनक कम भएको टिप्पणीहरू सुन्न पाइन्छ ।

चङ्गालाई नेपाल भाषामा ‘भुटुमाली’ ‘भुतिमाली’, हिन्दीमा ‘गुड्डी पतंग’ र अंग्रेजीमा ‘काइट’ भनिन्छ । अंग्रेजीमा काइट नाम गरेको चराबाट यसको नामाकरण गरिएको बताइन्छ ।

नेपाली चङ्गा उडान कला विश्वको नै उत्कृष्ट चङ्गा उडान कलाभित्र पर्छ । भारतीयहरू चङ्गा चेट गर्नमा राम्रो मानिन्छन् भने नेपालीहरू उडानमा ।

चङ्गा विभिन्न प्रकारका हुन्छन् । फ्ल्याट काइट, बोउड काइट, बक्स काइट, डेल्टा काइट, स्टोन काइट आदि । सबैभन्दा पुरानो र पुच्छर भएको काइट नै फ्ल्याट काइट भनिन्छ । यस्ता काइटमा हावाको गतिअनुसार पुच्छर राख्नु पर्छ । बोउड काइट बक्राकारको हुन्छ, जसले हावासित कोण बनाउँछ । यस्तो कोणलाई ‘डाइहेड्रल एन्गल’ भनिन्छ । यस्तो खालको चङ्गा सन् १८९१ मा पहिलो पटक अमेरिकामा प्रयोगमा आएको थियो ।

बक्स काइटमा तीनवटा डाइमेन्सनल एकाइ हुन्छन् । किनाराहरू वर्गाकार, आयातकार र त्रिकोणाकार हुन्छन् । यस्ता चङ्गाहरू उडाउन तीब्र हावाको जरुरत पर्दछ । नेपालमा यस्ता चङ्गाहरू उडेको देख्न पाइँदैन ।

डेल्टा काइट त्रिकोणाकार चङ्गा हो । यो चङ्गा सजिलै निर्माण गर्न सकिने र हल्का हावामा पनि उडाउन सकिन्छ । यसको अतिरिक्त फ्लेक्सिबल काइट अलि जटिल प्रकारको काइट हो । यो चङ्गा १९६३ मा अमेरिकाबाट नै प्रचलनमा आएको पाइन्छ ।
पाङ्ग्रा जडित कुर्सीमा बसेर उडेको चङ्गाले तानिँदै उडाउने चङ्गा स्टोन चङ्गा हो । यो चङ्गा कुर्सीमा बसेर उडाइन्छ साथै चङ्गाको उडान गतिसँगै गुड्न पनि पाइन्छ ।

विभिन्न देशका चङ्गाहरू विभिन्न शैली र प्रकारका भएपनि नेपालका चङ्गाहरू मौलिक छन् । भारतीय चङ्गाहरूसँग नजिक भएपनि हामीकहाँ ‘डाइमन्ड सेप’ का चङ्गाहरू बढी चलनचल्तीमा छन् । नेपाली चङ्गा उडान कला विश्वको नै उत्कृष्ट चङ्गा उडान कलाभित्र पर्छ । भारतीयहरू चङ्गा चेट गर्नमा राम्रो मानिन्छन् भने नेपालीहरू उडानमा ।

नेपालीहरूले चङ्गा उडाउन चाहिने धागो पहिले पहिले आफैँले निर्माण गर्ने गरेको पाइन्छ । दशैँ आउनु कम्तीमा महिना दिन अघिदेखि चङ्गा उडाउने तयारी शुरु हुन्थ्यो । सावदाना, चीमको धुलो, भिन्डी, आरोट राखेर धागोमा माझा लगाउने गरिन्थ्यो भन्छन् काठमाडौँका ७९ वर्षीय कृष्णलाल श्रेष्ठ । यसरी बनाएको धागो चङ्गा उडाउन र जुधाउन निकै बलियो हुने उनी बताउँछन् । तर आजभोलि भारतबाट माझा भएकै धागो बनेर बजारमा आएको हुन्छ । त्यसैले धागोमा माझा लगाउने काम गर्न पर्दैन ।

नेपाली चङ्गा बढी जसो हातले बनाइएको हुन्छ । चङ्गामा पुच्छर हालेपछि यो सजिलै उड्न सक्छ भन्ने मान्यता भएकाले पुच्छर नभएको चङ्गा किन्दा पनि धेरैले आफै पुच्छर थप्छन् ।

:689 Views

Leave a Reply