अन्तर्राष्ट्रिय शिक्षक दिवस ः सात शिक्षकलाई ‘शिक्षक रोशन पदक’

भक्तपुर, ११ असोज । अन्तर्राष्ट्रिय शिक्षक दिवस(अक्टोबर ५) का अवसरमा भक्तपुरका ७ जना शिक्षकहरु सम्मानित भएका छन् ।
शिक्षण पेशामा आवद्ध भएर समृद्ध समाज निर्माणका लागि योगदान गरिरहेका शिक्षकहरुलाई वी क्यान नेपालले शनिबार सम्मान गरेको हो ।
एउटै विद्यालयमा लामो समयसम्म स्कुलमा सेवारत, शैक्षिक उपलब्धि उच्च बनाउने, अनुसाशित रुपमा समय र आफ्नो दायित्वप्रति जिम्मेवार शिक्षकहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ । सम्मानित हुने शिक्षकहरुमा रोम्बस नेशनल स्कुलका शिक्षक रोशनी सुवाल कोजू, नियोलोजिन एकेडेमीका सिर्जना लिम्बु इजम, सिद्धिदास माविका करुणा सुवाल, क्रियटिव इंग्लिश स्कुलका सुमन नेपाली, सिरिन केन इंग्लिस स्कुलका रश्मिला दथेपुथे, रोशम इंग्लिस स्कुलका आशा तामाङ र रोम्बस सेकेण्डरी स्कुलका करुणा तिमिल्सिना रहेका छन् ।
उनीहरुलाई शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका प्रमुख खेमनाथ पोखरेल तथा शैक्षिक अभियन्ता एवं सेचेन गुम्बा स्कुलका प्रिन्सिपल झविन्द्र सुवेदीले सम्मान पत्र र खादाले सम्मान गरेका थिए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका प्रखुख पोखरेलले शिक्षाको स्तर उन्नति गर्ने प्रमुख दायित्व नै शिक्षकसँग रहेकाले शिक्षकलाई सम्मान गर्नु जरुरी रहेको चर्चा गरे । उनले शिक्षक नै परिवर्तनका संवाहक भएकाले शिक्षकहरुलाई विभिन्न किसिमले दक्ष र क्षमतावान् बनाउने क्रममा तालिम दिनुका साथै उनीहरुको कामको योगदानको कदरले शिक्षकलाई उर्जा मिल्ने बताए । प्रमुख पोखरेलले शिक्षकले कहिले पनि झारा टार्ने किसिमले काम गर्न नहुने, जागिरे मानसिकता छोड्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सदस्य एवं रोम्बस नेशनल कलेजका प्रिन्सिपल डा. राजेन्द्र कोजूले शिक्षक रोशन पदक पाएका सबैलाई बधाई दिँदै शिक्षण पेशालाई मर्यादित बनाउने जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिए । सम्मानकै अवसरमा शिक्षकहरुलाई ‘शिक्षकको पेशागत दायित्व र भूमिका’ विषयमा शैक्षिक अभियन्ता एवं प्रिन्सिपल सुवेदीले प्रशिक्षण दिएका थिए । उनले शिक्षकले पेशागत दायित्व निर्वाह गरेर मात्र नपुगी विद्यार्थीमा मानवीय भावनाको विजारोपण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सम्मानित शिक्षकहरुमध्ये सिद्धिदास माविका शिक्षक करुणा सुवालले शिक्षकको भूमिका महत्वपूर्ण भएकाले शिक्षण पेशाप्रति इमान्दारपूर्वक लाग्न जरुरी रहेको उल्लेख गरिन् ।
आयोजक वी क्यान नेपाल भक्तपुरका संयोजक एवं नियोलोजिन एकेडेकीका प्रिन्सिपल रत्न राईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा क्रियटिव एकेडेमीका प्रिन्सिपल विश्वराम दुवाल, सिरिन केन स्कुलका प्रिन्सिपल कमल सुवाल र रोशम स्कुलका प्रिन्सिपल लोकेन्द्र अर्यालले शिक्षण क्षेत्रमा पछिल्लो समय बढेको चुनौतिका बारेमा चर्चा गरेका थिए ।
:715 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव