विङ्स मन्टेश्वरीमा गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

भक्तपुर । भक्तपुर घलातेस्थित विङ्स मन्टेश्वरीमा नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ । जुनिएर, सिनियरमा विभाजित गरि संचालन गरिएको उक्त कार्यक्रममा सेलेक्सन राउण्ड र फाइनल राउण्ड गरिएको थियो । गायनमा ११ जना र नृत्यमा १२ जना फाइनल राउण्डको लागि चुनिएका थिए ।

SONY DSC
जुनियर तर्फ नृत्यमा कक्षा ३ का आहाना पलिखेल र सिनियरमा कक्षा ५ का अनुश्री श्रेष्ठले उपाधी जितेका थिए भने गायनमा जुनियर तर्फ कक्षा २ का सौम्या देउजा र सिनियरमा कक्षा ४ का हिल्सन विक्रमले उपाधी जितेका थिए । विद्यार्थीहरुमा भएको प्रतिभा निखार्न र आत्मविश्वास विकास गर्न सो कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक रन्जना भण्डारीले बताइन् ।

SONY DSC
कार्यक्रमलाई गायिका सुनिता प्रधान लिम्बु र नृत्य निर्देशक सुमन श्रेष्ठले निर्मायकको भूमिका खेलेका थिए । कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

SONY DSC

SONY DSC

SONY DSC

SONY DSC
:786 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव