विङ्स मन्टेश्वरीमा हजुरबुबाहजुरआमालाई सम्मान

भक्तपुर । भक्तपुर घलातेस्थित विङ्स मन्टेश्वरी स्कुलले एक कार्यक्रमका बीच १३० जना हजुरबुबाहजुरआमाहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा ज्येष्ठ हजुरबुबा एक जना र ज्येष्ठ हजुरआमा १ जनालाई ज्येष्ठ नागरिक सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः र विशेष अतिथी लेखक सुन्दर प्रताप रानाले हजुरबुबाहजुरआमाहरुको महत्व बारे आफ्नो विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा नर्सरीदेखि केजीका विद्यार्थीहरुको प्रस्तुती रहेको थियो । हजुरबुबाहजुरआमा र नातिनातिना बिचको सम्बन्ध अझ प्रगाढ बनाउन र हजुरबुबाहजुरआमाको महत्व बुझाउन उक्त कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक रन्जना भण्डारीले बताइन् । विद्यार्थीहरुको प्रस्तुतीले कार्यक्रममा रौनक थपेको उनले बताइन् ।
SONY DSC

SONY DSC

SONY DSC

SONY DSC

SONY DSC
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव