चङ्गा उडाउँदा के कुरामा ध्यान दिने?

चङ्गा उडाउन रमाइलो हुन्छ । तर सुरक्षित उडानबारे ध्यान दिन सकिएन भने त्यही रमाइलोको दौरान अकल्पनीय दुर्घटनाहरू निम्तिन सक्छ । कुनै अवरोध नहुने खुल्ला चौरमा चङ्गा उडाउनुपर्छ । कहिले पनि रुखहरूको नजिक र राजमार्गमा चङ्गा उडाउनु हुँदैन । त्यस्तै घरहरूको नजिक पनि चङ्गा उडाउनु हुँदैन । हामीले कहाँ बसेर चङ्गा उडाउदै छौँ भन्ने कुराको ख्याल गर्नुपर्छ । यदि त्यो स्थान सुरक्षित छैन भने हामी अर्को ठाउँमा जानुपर्छ ।

१. मानिसहरू, विशेषगरी साना बालबालिकाका नजिक बसेर चङ्गा नउडाउने । चङ्गाको धागोले कसैलाई पनि क्षति पुर्याउन सक्छ ।
२. सडकको नजिक बसेर नउडाउने । सडकको नजिक बसेर उडाउँदा यसले दुर्घटना निम्त्याउन सक्छ ।
३. विजुलीका खम्बा, तार, टिभी र रेडियो एरियल नजिक बसेर चङ्गा नउडाउने
४. विमानस्थल वरपर बसेर पनि नउडाउने
५. धेरै ठूलो हावा लागेको बेलामा चङ्गा नउडाउने । बतासको शक्तिलाई सानो सोच्नु हुँदैन ।
६. सानो बच्चालाई एक्लै चङ्गा उडाउन छोड्नु हुँदैन । साथमा अभिभावक वा कोही जिम्मेवार व्यक्ति हुनु आवश्यक छ ।
७. ठूलो चङ्गा उडाउँदै छौँ भने हातमा पन्जा लगाउने ।
८. भिडमा चङ्गा उडाउँदा हल्ला नगर्ने ।
९. चङ्गा उडाउँदा आफ्नो अगाडि र पछाडि के छ भनेर याद गर्नुहोस् ।
१०. कहिलेपनि धातुको धागो प्रयोग नगर्ने ।
११. ठाडो पहाड र ढलानको छेउमा चङ्गा नउडाउने ।
१२. रुख र टेलिफोनका पोलहरूमा चङ्गा अड्किएमा त्यसलाई लिन खोज्नुभन्दा नयाँ चङ्गा किन्नु राम्रो हुन्छ ।
१३. चङ्गा लिनका लागि दौडँदा ढुङ्गा, खाल्डो र त्यहाँ भएका वस्तुहरूलाई ख्याल गर्नुपर्छ ।

:165 Views

Leave a Reply