उत्कृष्ट विद्यार्थीहरुलाई सामुदायिक बोर्डिङ स्कुलको सम्मान

पनौती । सामूदायिक बोर्डिङ स्कुलले एसइईमा उतीर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरणसँगै उत्कृष्टलाई सम्मान पुरस्कार वितरण, अभिभावक भेला एवम् एस.ई.ई विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई प्रमूख अतिथि रहनु भएको उक्त कार्यक्रम विद्यालयको सभाकक्षमा भएको थियो । कार्यक्रममा शै.स २०७५ साल भरि भएका विभिन्न अतिरिक्त क्रियाकलाप तथा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुका लागि पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि हुमागाईले शैक्षिक क्षेत्रमा संस्थागत विद्यालयहरुको भूमिकाको चर्चा गर्दै संस्थागत विद्यालयले आफ्ना विद्यार्थीहरुलाई सामुदायिक विषयमा पनि सक्रिय गराउनु पर्ने बताए । त्यस्तै विशिष्ट अतिथिहरु पनौती नगरपालिककी कार्यवाहक नगर प्रमुख गीता बञ्जाराले संस्थागत तथा सामुदायिक विद्यालय प्रति नगरपालिकाको दृष्टिकोण समान रहने बताइन् ।
प्याब्सन केन्द्रिय सचिव भिमसेन के.सीले पनौतीका संस्थागत विद्यालयहरु एक भई पनौतीलाई शैक्षिक हवका रुपमा विकास गर्ने कार्यमा लग्नु पर्ने बताए । पनौती नगरपालिका शिक्षा शाखाका उप सचिव मधुसुधन अधिकारीले समूदायिक बोर्डिङ स्कुलका कृयाकलापको प्रशंसा गर्दै यसलाई निर्देशन दिए । विष्णू दल गण धुलिखेलका गणपति सुवास खड्काले विद्यालयले नियमित शिक्षणकार्यका अलावा राष्ट्रिय सेवादल मार्फत संचालित तालिम मार्फत पुर्याएको योगदानको चर्चा गर्दै यसले विद्यार्थीहरुको क्षमतामा निखार ल्याउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा २०७५ सालको एस.ई ई परीक्षामा उर्तिण हुन सफल २४ जना विद्यार्थीलाई सम्मान तथा विदाई गरिएको थियो । उक्त परीक्षामा २४ जना सहभागी भएकामा उत्कृष्ट परिणाम सहित सबै उर्तीण भएका थिए । जस मध्ये उत्कृष्ट जिपिए ३.९५ल्याउन सफल ५ जना विद्यार्थीलाई विभूश्रीकृष्ण, जगत कुमारी अक्षय कोषबाट नगद सहित सम्मान गरिएको थियो । उक्त परीक्षामा सर्वोकृष्ट नतिजा दिलाउन सफल अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरणका शिक्षक ज्ञानदास श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।
तीन चरणमा आयोजना गरिएको सो कार्यक्रम विहान १० बजे देखि साँझ सम्म संचालन भएको थियो । जसमा पहिलो चरणमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने दोस्रो चरणमा औपाचारिक कार्यक्रमको आयोजना गरिएको थियो । हरेक वर्ष विद्यालयले यस प्रकारको कार्यक्रम संचालन गर्दै आएको विद्यालयका प्रिन्सिपल पूर्ण कुमार श्रेष्ठले जानकारी गराएका थिए । स्वागत मन्तव्य व्यक्त गर्दै उनले पनौती क्षेत्रको शैक्षिक विकासका लागि सामुदायिक बोर्डिङ स्कूलको महत्वपुर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा विद्यालय गत शै.सका उत्कृष्ट शिक्षक, उत्कृष्ट सदन तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यसै गरि विद्यालयमा १५ वर्ष सम्म अनवरत सेवा गर्ने २ जना शिक्षकहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ट शिक्षकमा सजना बोलखे तथा १५ वर्ष अनवरत सेवा गर्ने शिक्षकहरुमा बालकृष्ण प्रजापति तथा भगवती सपाकोटा रहेका छन । त्यसैगरी उत्कृष्ट सदन पहेँलो सदनलाई नगद रु १० हजार सहित सम्मान गरिएको थियो ।
सयौं अभिभावकको उपस्थिति रहेको कार्यक्रममा प्यावसन,विभिन्न विद्यालयका प्रतिनिधि,सुरक्षा निकायका प्रनिनिधि,विभिन्न सहकारी संघ संस्थाहरुका प्रनिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयका निर्देशक समितिका अध्यक्ष ओमकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन विद्यालयका शिक्षक प्रविण दाहाल, हिरादेवी श्रेष्ठ र शिवशरण आलेमगर लगायतले गरेका थिए ।
:277 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव