सिनियर गायन प्रतियोगितामा पाण्डे प्रथम

मध्यपुर थिमी,असोज १५ | मध्यपुर थिमी मिलरोड ८ भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले सिनियर गायन प्रतियोगिता सम्पन्न गर्यो ।विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित कार्यक्रममा कक्षा ६ देखि कक्षा १०सम्मका २९ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
विद्यालयका संगीत गुरु यज्ञ राइको संयोजकत्वमा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीले विभिन्न नेपाली सुमधुर गीतहरू गाएर विद्यालयलाई संगीतमय बनाए। गायक तथा संगीतकार नन्दु राई र गायक आशिष प्रजापतिको निर्णायक भूमिका रहेको प्रतियोगितामा सहभागी विद्यार्थीहरु मध्ये कक्षा ९ मा अध्ययनरत छात्रा दिपिका पाण्डे पहिलो,कक्षा ७मा अध्ययनरत छात्र शुभम दुलाल दोश्रो, कक्षा ७ मै अध्ययनरत छात्र शुभम खड्का तेस्रो तथा कक्षा ६ मा अध्ययनरत छात्र समीर गढाइली सान्त्वना हुन सफल भए ।
विजयी विद्यार्थीलाई पुरस्कार स्वरुप शिल्ड तथा प्रमाणपत्र प्रदान गर्दै विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइराला ले विद्यालयमा संगीतको महत्त्व बारेमा प्रकाश पार्नुका साथै छात्रछात्राको प्रस्तुतिबाट आफू सन्तुष्ट रहेको बताउनु भयो ।
:886 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव