जुनियर गायन प्रतियोगितामा राई प्रथम

मध्यपुर थिमी, असोज १२ । मध्यपुर थिमी मिलरोड ८ भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले जुनियर गायन प्रतियोगिता सम्पन्न गर्यो ।विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित कार्यक्रममा कक्षा १देखि कक्षा ५सम्मका ५९ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
विद्यालयका संगीत गुरु यज्ञ राइको संयोजकत्वमा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीले विभिन्न नेपाली सुमधुर गीतहरू गाएर विद्यालयलाई संगीतमय बनाए। विद्यालयका योग गुरु तथा सार्थक जीवन अभियन्ता विश्वनाथ बराल र संगीत साधक यज्ञ राइको निर्णायक भूमिका रहेको प्रतियोगितामा सहभागी विद्यार्थीहरु मध्ये कक्षा ४ मा अध्ययनरत छात्रा नेन्सी राई पहिलो,कक्षा ४मा अध्ययनरत छात्र श्रेयन दुलाल दोश्रो, कक्षा ४ मै अध्ययनरत छात्रा मुस्कान कार्की तेस्रो तथा कक्षा ४ मा अध्ययनरत छात्रा आर्या श्रेष्ठ सान्त्वना हुन सफल भए ।
विजयी विद्यार्थीलाई पुरस्कार स्वरुप शिल्ड तथा प्रमाणपत्र प्रदान गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप श्रेष्ठले विद्यालयमा संगीतको महत्त्व बारेमा प्रकाश पार्नु भयो ।
:1181 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव