शिक्षक र विद्यार्थीलाई टिका, जमरासहित दक्षिणा पनि

काठमाडौं । हिन्दु धर्मावलम्वीहरुको ठुलो चाड वडादशैंको अवसर पारेर सुविधानगर तिनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलका सबै विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई टिका, जमरा लगाइदिनुको साथै दक्षिणाका साथमा शुभकामना दिँदै दशैं विदा दिइएको छ ।
धेरैजसो विद्यालयले विद्यार्थीलाई टिका र जमरामात्रै लगाइदिने परम्परा रहि आएकोमा ट्रिटन स्कुलले भने विद्यार्थी, शिक्षक र कर्मचारी सबैलाई गतवर्षदेखि नै दक्षिणा समेत दिएर शुभकामना दिने परम्परा बसालेको हो ।
विद्यार्थीले विद्यालयमै उमारेर स्याहारेको पँहेलो जमरा र रातो टिका लगाइदिँदै ट्रिटन सेकेण्डरी स्कुल तथा ट्रिटन इन्टरनेशनल कलेजका कार्यकारी अध्यक्ष विश्वनाथ प्रसाद शाहले विद्यालयमा टिका लगाउने कार्यको शुरुवात गरेका थिए । कार्यक्रममा ट्रिटन इन्टरनेशल कलेजका प्राचार्य समिर शर्मा पनि सहभागी थिए ।
शिक्षक र कर्मचारीलाई विद्यालयका निर्देशक राजन सुवेदी तथा भाइस प्रिन्सिपल ममता शाहले टिका, जमरा लगाउँदै उमेर र पद अनुसार दक्षिणा बाँडेका थिए भने सबै विद्यार्थीहरुलाई टिका लगाई दक्षिणा र शुभकामना कार्ड समेत वितरण गरिएको थियो ।
:416 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव