शंकर स्कुलमा दशैँ शुभकामनासँगै एल्लो डे कार्यक्रम

भक्तपुर । सबै विद्यार्थी भाइबहिनीहरुलाई टिका, जमरा र दक्षिणाको रुपमा शुभकामना प्रदान गरी दधिकोटस्थित शंकर नेशनल स्कुलले दशैं शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कक्षा नर्सरीदेखि कक्षा यु.के.जी. सम्मका विद्यार्थीहरुका लागि ‘एल्लो डे’ पनि आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरु लगायत सबै शिक्षक शिक्षिकाहरु पनि पहेलो पोशाकमा उपस्थित भएका थिए । पहेलो रङ्गलाई जनाउनका लागि पहेलो रङ्गको गीत, पहेलो रङ्गको फलफूल, तरकारी र विभिन्न प्रकारका चीजहरुबाट मनाइएको थियो ।
विद्यार्थीहरुको प्रतिभालाई महत्व दिई विभिन्न किसिमका नृत्य, प्रस्तुति र कलाहरु प्रस्तुत गरिएको थियो उक्त कार्यक्रममा शिक्षकहरुलाई दशैँको शुभकामनाको रुपमा टिका, जमरा र दक्षिणा दिइएको थियो । समग्रमा कार्यक्रम असाध्यै लाभदायी र आकर्षित रहेको विद्यालयका प्रिन्सिपल शरण चौलागाईले बताए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव