चङ्गाः रोमाञ्चक खेल

चङ्गा उडाउनका लागि बच्चाहरू पहिलेदेखि नै उत्साहित हुन्छन् । उनीहरू दशैँ आउनु अघिदेखि नै दशँैमा चङ्गा किन्नका लागि पैसा जम्मा गर्छन् । चङ्गा उडाउँदा मात्र होइन, बच्चाहरू जब चङ्गाको धागो काटिन्छ तब पनि रमाउने गर्दछन् । उनीहरू त्यसलाई समाउन चङ्गा सँगसँगै दौडन्छन् ।

छ वर्षका कुलदीप कार्की दशैँ तिहारको लामो छुट्टीमा धेरै चङ्गा उडाउने सोचिरहेका छन् । यसपालि बुवा आमालाई चङ्गा र लट्टाई किनिदिन भनिसकेका छन् । उनलाई घरमा बुवाआमा र विद्यालयमा गुरुहरूले पनि दशैँ तिहारमा चङ्गा उडाउनु पर्छ भनेका रहेछन् । अघिल्लो साल मावली घरमा मामाले चङ्गा उडाएको देखेका उनी यसपालि भने आफै उडाउन चाहन्छन् । त्यसैले उनलाई दशैँ छिट्टै आए हुन्छ भन्ने भइरहेको छ । उनका बुवा कुमारले छोरालाई चङ्गा किनिदिने बताएका छन् । आफूसँगै राखेर छोरालाई चङ्गा उडाउन सिकाउने उनको दशैँ योजना छ ।

आफ्नो छोराले देश चिनोस्, माटो सुँघोस्, संस्कार सिकोस् त्यस्तो शिक्षाको चाहना कुमारको छ । सन्तानलाई संस्कार र संस्कृति सिकाउने पहिलो पाठशाला घर त्यसपछि मात्र विद्यालय र पहिलो गुरु अभिभावक त्यसपछि मात्र विद्यालयका शिक्षकहरू हुन भन्ने धारणा राख्ने उनी भन्छन् ‘चाँड पर्व बच्चाहरूको कारण रमाइलो हुने हो । उनीहरू रमाए, खुशी भए भने हामी पनि खुशी हुन्छौँ । त्यसमाथि
आजभोलि मोबाइल र टिभी देखाउनुभन्दा चङ्गा उडाए उनीहरूले रमाइलो पनि मान्छन्, स्क्रीनबाट टाढा पनि हुन्छन् ।’

८४ वर्षीय निवन्धकार तथा वरिष्ठ साहित्यकार तेजेश्वरबाबु ग्वंगः चङ्गा उडानमा मस्त भइ साहित्य सम्मेलनहरू जान भुलेको घटना सम्झन्छन् । उनलाई चङ्गा उडाउनु अति प्रिय लाग्छ । एकपटक उनको चङ्गा आकाशमा निकै माथिसम्म उडेको थियो । उनी त्यसलाई अझ माथि पुर्याउन चाहन्थे । त्यसैले आफ्नो लट्टाईको सबै धागो छोडेपछि त्यसमा अर्को लट्टाईको धागो गाँस्न खोज्दा उति माथि पुगेको चङ्गा र धागो हातबाट फुत्केको सम्झेर अझै थकथक लाग्छ उनलाई । ‘आकाशमै पुर्याउने भनेका थियौ पुर्यायौँ होइन’ भनी घरका मानिसले गिजोलेको सम्झँदा आज पनि मन चसक्क हुन्छ उनको ।

कुमारले चङ्गालाई आफ्नो छोरा भुलाउने सामग्री सोचिरहेका छन् । तर दशैँ तिहारमा चङ्गा उडाउन बच्चा, युवा, बृद्ध, सब उत्साहित हुन्छन् । चङ्गा उडेको देखेर सबैको मन रोमाञ्चित हुन्छ । उडाउने मात्र होइन उडाएको देख्नेहरू पनि रमाइलो मान्छन् । ८४ वर्षीय निवन्धकार तथा वरिष्ठ साहित्यकार तेजेश्वरबाबु ग्वंगः चङ्गा उडानमा मस्त भइ साहित्य सम्मेलनहरू जान भुलेको घटना सम्झन्छन् । उनलाई चङ्गा उडाउनु अति प्रिय लाग्छ । एकपटक उनको चङ्गा आकाशमा निकै माथिसम्म उडेको थियो । उनी त्यसलाई अझ माथि पुर्याउन चाहन्थे । त्यसैले आफ्नो लट्टाईको सबै धागो छोडेपछि त्यसमा अर्को लट्टाईको धागो गाँस्न खोज्दा उति माथि पुगेको चङ्गा र धागो हातबाट फुत्केको सम्झेर अझै थकथक लाग्छ उनलाई । ‘आकाशमै पुर्याउने भनेका थियौ पुर्यायौँ होइन’ भनी घरका मानिसले गिजोलेको सम्झँदा आज पनि मन चसक्क हुन्छ उनको । आफ्नो संस्कार र संस्कृतिको बारेमा नवीनतमा धारणाहरू व्यक्त गर्न सिपालु ग्वंगःले अमेरिका पढ्न गएका बेला त्यहाँ पनि चङ्गा बनाएका रहेछन् । उडाएका पनि रहेछन् । नेपाली चङ्गा र उडानमार्फत नेपाली संस्कृतिको नीधिबारे बखान गर्न नछुटाएका उनले नेपालमै पनि चङ्गासँग जोडिएका अविस्मरणीय र रोमाञ्चक अनुभव भएको बताउँछन् ।

:54 Views

Leave a Reply