के तपाईलाई थाहा छ यो बिदामा तपाईँको बच्चाको गृहकार्य के छ?

भक्तपुरका रोहित कार्की दशैँ आएकोमा एकदमै खुशी छन्। उनलाई सबैभन्दा मनपर्ने चाड नि दशैँ हो। उनलाई दशैँमा पिङ् खेल्न र चङ्गा उडाउन मनपर्छ। तर उनलाई दशैँ आएको खुशी मात्र नभई विद्यालयले दिएको गृहकार्य बोझले दुखी बनाएको छ। उनी भन्छन्, ‘परीक्षामा दिएका प्रश्नपत्र र अन्य थप होमवर्क छ। बिदामा दशैँ मनाउनु कि त्यति धेरै होमवर्क गर्नु? म त दशैँको अन्तिम दिन मात्र होमवर्क गर्छु।’
घटस्थापना शुरु भएसँगै धेरै विद्यालयहरूले दशैँ बिदा गरिसकेका छन्। बिदाको समयमा गृहकार्य दिनु हुन्न नदिनु ठिक भनिँदै आएपनि धेरै विद्यालयहरूले विद्यार्थीहरूलाई यो दशैँ बिदाका लागि भनेर गृहकार्य दिएका छन्। बिदामा विद्यार्थीको चाडको उत्साहमा गृहकार्यले तनाव थप गरिदिएको हुने धेरैको भनाइ छ। धेरै विद्यालयमा परीक्षा पछि बिदा गरिने भएकाले परीक्षाका प्रश्न पत्रलाई नै गृहकार्यका रुपमा दिइँदा विद्यार्थी दिक्क मान्छन्।
विद्यालयले दिएको गृहकार्यले विद्यार्थीमा तनाव त हुन्छ नै। अभिभावक चाडवाड मनाउन व्यस्त भइदिने र उनीहरुले त्यस विषयमा चासो नदिँदा झन् समस्या पर्छ उनीहरूलाई। विद्यार्थीको गृहकार्यमा चासो मात्र दिने हो भने पनि उनीहरुलाई धेरै राहत मिल्छ। धेरै अभिभावकलाई आफ्नो बच्चाको गृहकार्य छ कि छैन समेत थाहा हुँदैन। उनीहरूले आफ्ना बच्चाको गृहकार्य के के छ भनेर सोध्ने समेत गरेको पाइँदैन। अभिभावकहरूले बच्चालाई ‘होमवर्क गर्नु मात्र भन्ने गरेका हुन्छन्। उनीहरूलाई यसरी दबाब दिँदा तनाव झन् बढ्ने गर्छ। केही बालबालिकाले त बिदापछि विद्यालय लाग्ने दिनसम्म पनि गृहकार्य गरेका हुँदैनन्। केही त गृहकार्य नगरेका कारण नै विद्यालय लागेको दिन विद्यालय जाँदैनन्।
अभिभावकले आफ्नो बच्चालाई गृहकार्य गर्न सहयोग गरेमा उनीहरूको तनाव पनि कम हुन्छ। सहयोग गर्नु भनेको गृहकार्य सिकाउनु मात्र भन्न खोजिएको होइन। हामीले बच्चासँगै बसेर उसको गृहकार्यको लागि योजना बनाउन सघाउन पर्छ।
— सबैभन्दा पहिले त आफ्नो छोरा या छोरीको गृहकार्य के छ र कस्तो छ भनी अभिभावकहरूले बुझ्नुपर्छ।
— ती गृहकार्य कसरी र कहिले गर्ने उनको योजना छ उनैलाई सोध्न पर्छ।
— उनको योजना परिवारको योजनासँग मेल नखाएमा उनैसँग छलफल गरेर कुन कहिले गर्न सकिन्छ भनी अभिभावकले सुझाउन पर्छ।
— दशैँ बिदाको योजना र हामी कहिकतै घुम्न जाँदाको योजना जस्तै गृहकार्य कहिले कहिले गर्ने भनेर योजना बनाएर त्यहि योजना अनुसार काम गर्दा बालबालिकालाई धेरै सहज हुन्छ। र यो सहयोग गर्ने दायित्व अभिभावकको हो।
— बालबालिकालाई विद्यालयले परियोजना कार्य गर्ने काम पनि दिइ पठाएको हुन सक्छ। ती कार्य गर्न अभिभावकले सहयोग गर्न पर्छ वा पर्दैन उनीहरुबाटै बुझ्न पर्छ। अभिभावक सहभागी भएर गर्नुपर्ने गृहकार्यमा अभिभावकले आफ्नो समय पनि छुट्याउनु पर्छ।
:249 Views
सम्बन्धित अभिलेखहरू
विद्यालयतहमा छात्रछात्रा होइन विद्यार्थी मात्र भनौँ
सम्वेदनशील हुन्छन् महिला प्रिन्सिपल
बालाचतुर्दशी संस्कार
म एकान्तप्रेमी हुँ
आधारभूत तह (कक्षा ८) परीक्षा समिति २०७६ गठन
नुवागी कपका विजेतालाई नगद तथा ट्रफी पुरस्कार
मुख्य खबरहरु
एकै विद्यालयमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्म
‘सामान्य विद्यार्थी जसरी पढ्ने समय भएको भए अझ राम्रो नतिजा आउँथ्यो’
मिस लिटिल नेवा ११३९ सनिशा भन्छिन् ‘इन्टरनेट नचलाएको भए मिस नेवाबारे थाहा नै हुन्नथ्यो’