पेशा कप फुटसल प्रतियोगिताको उपाधि एसएलसी ब्याच २०६५ लाई

भक्तपुर । भक्तपुर महाकालीस्थित प्रभात इंग्लिस सेकेन्डरी स्कुलका भुपु विद्यार्थीहरुको संगठन पेशाद्वारा आयोजित र एसएलसी ब्याच २०६९ द्वारा संयोजन गरिएको पेशा कप फुटसल प्रतियोगिता २०७६ को उपाधि २०६५ ले जितेको छ ।

१५ वटा टिम सहभागी भएको उक्त प्रतियोगितामा रोशन आचार्यको कप्तानीमा उत्रेको एसएलसी ब्याच २०६५ टोलीले टाइब्रेकरमा एसएलसी ब्याच २०७२ लाई ३—१ ले पछारेको हो । त्यस्तै यसै वर्षदेखि महिला फुटसल पनि आयोजना गरिएको थियो । ३ वटा महिला टोलीको सहभागिता रहेको उक्त प्रतियोगितामा तृष्णा लाखेको कप्तानीमा रहेको एसएलसी ब्याच २०६९ ले उपाधी जितेको थियो ।

पुरस्कार वितरण समारोहमा विविध विधानका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिएको थियो । पुरुष तर्फ एसएलसी ब्याच २०६५ का प्रशक ब्यान्जु सर्वोत्कृष्ट खेलाडी भएका थिए । त्यस्तै एसएलसी ब्याच २०७३ का रोहन प्रजापति उच्च गोलकर्ता र एसएलसी ब्याच २०६५ का नविन सुवाल उत्कृष्ट गोलकिपर घोषित भएका थिए । महिला तर्फ भने एसएलसी ब्याच २०७३ का सुमित्रा लाखे सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी, नेमकिपाका केन्द्रिय सचिव, माननीय सांसद एवं प्रभात सार्वजनिक गुठीका अध्यक्ष प्रेम सुवालले उपाधि विजेता टोलीहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र वितरण गरेका थिए । उनले प्रभात इंग्लिस स्कुलले विद्यार्थीहरुको जग बलियो बनाउने काम गरिरहेको र विद्यालयले गुणस्तरीय शिक्षा दिएकै कारण विद्यार्थीहरु समाजको विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेको बताए । विद्यालयले अध्ययन अध्यापनको कार्यको साथै विविध खेलकुद गतिविधिहरु संचालन गरी आएको जानकारी दिँदै भुपु विद्यार्थीहरुले पनि वर्षमा एक चोटी भुपु विद्यार्थीहरुलाई एकै ठाउँमा आउने मौका दिएकोमा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा गौतव लासिव, प्रभात भुपु विद्यार्थी संघ (PESA) का अध्यक्ष निर्जन दुवाल, विद्यालयका प्रमुख कार्यकारी कान्छा बासुकला तथा विद्यालयका प्रिन्सिपल के.वि. प्रजापतिले आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रममा प्रतियोगितामा सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिएको थियो ।

:340 Views

Leave a Reply