अहिलेकै अवस्थामा सामाजिक सुरक्षा कोषमा सुचिकृत नहुन एनप्याब्सनको सूचना

काठमाडौं । नेशनल प्याब्सनले नेपाल सरकारले लागु गरेको सामाजिक सुरक्षा कोषमा सुचिकृत नहुन देशभरका सम्पूर्ण निजी विद्यालयहरुलाई अनुरोध गरेको छ । देशभर सञ्चालनमा रहेका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुलाई सूचीकृत हुने समयावधि २०७६ असोजसम्म कायम गरिएकोमा वर्तमान परिस्थिति र अवस्थालाई दृष्टिगत गरी विशेष गरी निजी विद्यालयहरूको सन्दर्भमा विद्यालयको प्रकृति र अवस्था सबै विद्यालयहरूको समान नभएका कारण साना ठूला सबै विद्यालयहरूका बीचमा गहन छलफल गरेर सबैलाई सम्बोधन हुने गरी आफूहरु अगाडि बढ्न चाहेको आज जारी सुचनामा भनिएको छ । सामाजिक सुरक्षा कोषको विषयलाई लिएर आफूहरु विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको भन्दै जिल्ला जिल्लाबाट विद्यालयहरुले आफ्ना छाता संगठनहरुलाई सबैलाई न्याय दिलाउन दबाब दिईरहेका छन । उता असोज मसान्तसम्म पनि एकदमै न्यून मात्रामा कम्पनीहरु सूचीकृत भएको सामाजिक सुरक्षा कोषका प्रबक्ता रमा भट्टराईले बताएकी छिन् ।
:684 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव