युरो किड्सका विद्यार्थीलाई कक्षामै भिटामिन ‘ए’

भक्तपुर । आफ्ना साना विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील रहेको भक्तपुर युरो किड्स सल्लाघारीमा अध्ययनरत साना विद्यार्थीलाई कक्षाकोठामैे भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ ।
स्थानीय कटुन्जे स्वाथ्यचौकीकी महिला स्वास्थ्य स्वयम्सेविका सीता थापाले युरो किड्सका ५ वर्ष मुनीका ९१ जना साना विद्याथीलाई कक्षाकोठामै गएर भिटामिन ‘ए’ क्याप्सुल खुवाएकी थिइन । जुकाको औषधि भने विद्यार्थीको घरमै पठाइएको छ । सरकारले हरेक वर्षको कात्तिक २ र ३ गते देशभरीका ६ महिनादेखि ५ वर्ष उमेर समूहका सबै वालवालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने नीति अनुरुप युरो किड्सका साना विद्यार्थीलाई कक्षाकोठामै भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको हो ।
आफ्ना केटकोकटीलाई स्वास्थ्य चौकीसम्म पुर्याउन अभिभावकहरुको व्यस्ततालाई ध्यानमा राख्दै विद्यालयले विद्यालय नजिकको स्वास्थ्य चौकीबाट महिला स्वास्थ्य स्वयम्सेविकालाई विद्यालयमै भिटामिन ‘ए’ क्याप्सुल खुवाउन अनुरोध गरेको विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेले बताउनुभयो । साना विद्यार्थीलाई भिटामिन ‘ए’ र जुकाको औषधि संगै खानदिनुपर्ने भएता पनि धेरै अभिभावकले आफ्ना छोराछोरीलाई जुकाको औषधि खुवाईसकेको हुनसक्ने भएकोले जुकाको औषधि भने विद्यार्थीको घरमै पठाईएको पनि प्रवन्ध निर्देशक काफ्लेले बताउनुभयो । चिकित्सकको सुझाव अनुसार हरेक ६÷६ महिनामा साना केटाकेटीलाई जुकाको औषधि ख्वाउनुपर्छ ।
स्वास्थ्य सेवा विभागले आइतबार साँझ जारी गरेकोे तथ्यांक अनुसार कात्तिक २ र ३ गते नेपालका ७७ वटै जिल्लाका ६ महिनादेखि ५ वर्ष उमेरसम्मका २७ लाख वालवालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र २३ लाख वालवालिकालाई जुकाको औषधि खुवाईएको थियो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव