देउसी भैलो प्रतियोगितामा सनसाइन पहिलो

भक्तपुर, ८ कार्तिक। मुलढोकास्थित इष्ट पोइन्ट एकेडेमीले विहीबार आयोजना गरेको देउसी भैलो प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गरेका छन्।

इष्ट पोइन्ट एकेडेमीका प्राचार्य रमेशचन्द्र श्रेष्ठले नेपालको मौलिक संस्कृति र परम्परालाई जिवन्त राख्न सो प्रतियोगिता आयोजना गरिएको बताए।

११ वटा विद्यालय सहभागी उक्त प्रतियोगितामा दुधपाटीको सनसाइन न्यासनल स्कुल प्रथम, बोडेको एडभान्स एकेडेमी दोस्रो र व्यासीस्थित एभरेष्ट स्कुल तेस्रो स्थान ओगट्न सफल भए।

कार्यक्रममा प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारी तथा जिल्ला सल्लाहकार श्रीकृष्ण केसी लगायतको उपस्थिति रहेको सो कार्यक्रममा विजयी विद्यालयलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो।

 

:79 Views

Leave a Reply