सेवाघरमा तिहार मनाउन प्रिन्सिपल ज्योतिको सहयोग

भक्तपुर, ८ कात्तिक । भक्तपुरको सल्लाघारीस्थित युरो किड्सकी प्रिन्सिपल ज्योति बस्नेत क्षेत्रीले यातु महादेवस्थानको मानव कल्याण समाज (सेवा घर) का जेष्ठ नागरिकका लागि रु १० हजार सहयोग गरेकी छन् ।

सेवाघरमा विहीबार आयोजित देउसीभैलो कार्यक्रमको अवसरमा रकम हस्तान्तरण गरिएको हो ।

 सेवाघरमा आश्रीत आमाबुबा(जेष्ठ नागरिक) लाई तिहार मनाउनका लागि भनेर सो रकम क्षेत्रीले संस्थाकी अध्यक्ष सुमित्रा चौलागाईलाई हस्तान्तरण गरेकी हुन् ।

सेवाघरमा घरवारविहिन वालवालिका, वयस्क र जेष्ठ नागरिक गरी ६१ जना बस्दै आएका छन् ।

:67 Views

Leave a Reply