शिक्षासेवी बाबुकाजि कसपालको पुस्तक कृपाको विमोचन

भक्तपुर, १७ कात्तिक । शिक्षासेवी बाबुकाजि कसपालको जीवनीमा आधारित पुस्तक ‘कृपा’ को विमोचन भएको छ ।
शुक्रबार एक कार्यक्रमममा वरिष्ठ साहित्यकार, संस्कृतविद् तथा चलचित्रकर्मी चेतन कार्कीले ‘कृपा’ पुस्तकको विमोचन गरेका थिए । पुस्तक बिक्रिबाट प्राप्त रकम बालबालिका र वयोबृद्धाहरुको सहयोगका लागि रत्नच्याँटी प्रतिष्ठानलाई प्रदान गरिने भएको छ । कार्यक्रममा बाबुकाजिका नाती अधिश्री कसपालको गीति एल्बम ‘सुवासमा अधिश्री’ को पनि विमोचन गरिएको थियो ।
अर्थ, पर्यटन र राष्ट्रिय योजना आयोगका पूर्व सचिव तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका संस्थापक कार्यकारी निर्देशक गोरक्ष बहादुर न्हूछें, पूर्व महान्यायाधिवक्ता युवराज सँग्रैला र विभिन्न विद्यालय प्रमुखलगायतको सहभागिता रहेको थियो ।
:378 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव