वेलायती शिक्षक ग्ल्याडस्टोनमा

मध्यपुर थिमी, कार्तिक १८ | मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमी र वेलायत स्थित बोर्बन प्राइमरी स्कुलका बीचमा ब्रीटिश काउन्सिल कनेक्टिङ क्लासरुम अन्तर्गत दोहोरो अध्ययन भ्रमणका सिलसिलामा अन्तर्राष्ट्रिय विद्यालय संयोजक ट्रीस फे (Trish Fay) र विद्यालय शिक्षक लउरेन (Lauren) साताव्यापी विद्यालय भ्रमण तथा शिक्षण सिकाइ पद्धति आदानप्रदान कार्यक्रमका लागि ग्ल्याडस्टोन एकेडेमीमा व्यस्त छन्।

वेलायत सरकारको आर्थिक सहयोगमा सञ्चालित सो दोहोरो अध्ययन भ्रमणका लागि यस ग्ल्याडस्टोन एकेडेमीका तर्फबाट विद्यालयका संस्थापक प्रधानाध्यापक विनोद कुमार कोइराला  र संस्थापक सदस्य सुरेश कुमार श्रेष्ठ गत भाद्र २८ देखि असोज ९ गतेसम्म वेलायत स्थित बोर्बन प्राइमरी स्कुलको अध्ययन भ्रमण गरि नेपाली शिक्षण सिकाइ पद्धति तथा कला, संस्कृतिका बारेमा जानकारी दिए।
आधुनिक शिक्षालाई विश्वव्यापिकरण गरिंदै लगिएको परिप्रेक्ष्यमा ग्ल्याडस्टोन एकेडेमीले विगत केही वर्षदेखि वेलायत स्थित स्कुलहरुसंग दोहोरो शिक्षण सिकाइ प्रक्रिया आदानप्रदान गरिरहेको विद्यालयका संस्थापक प्रधानाध्यापक विनोद कुमार कोइरालाले बताए ।

 

:182 Views

Leave a Reply