नुवागी कप फुटसलको चौथौँ संस्करण शुरु

भक्तपुर, २१ कात्तिक । नुवागी मिडिया प्रालिको आयोजनामा नुवागी कप फुटसलको चौथौँ संस्करण अहिले भर्खरै गठ्ठाघरस्थित प्रोमोशनल फुटसलमा शुरु भइसकेको छ ।

कक्षा ६ देखि १० सम्ममा छात्र, छात्रा र कक्षा ११ र १२ का विद्यार्थीबीच तीन क्याटेग्वरीमा प्रतियोगिता आयोजना हुँदैछ । कार्तिक २१ देखि २३ शनिबारसम्म आयोजना हुने प्रतियोगिताको उत्कृष्ट विजेता समूहलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद रु १० हजार र दोस्रो समूहलाई ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरकिपरलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

:116 Views

Leave a Reply