घरपरिवारबारे सिक्न युरो किड्सका केटाकेटी घरघरमा

भक्तपुर । व्यस्त राजधानीमा एउटा मात्रै कोठा लिएर त्यसलाई नै घर मानेर बस्नुपर्ने वाध्यता हजारौं परिवारको छ । आफ्नो क्षमता र वाध्यता अनुसार त्यसलाई नै घर मानेर बस्ने या सानो टुक्रा जग्गामा घर बनाउने चलन बढ्दो छ । वास्तवमै त्यो पुर्ण घर हो त ? एउटा घर पुर्ण हुन के के हुनुपर्छ ? घरभित्र बस्दाको सरसफाई, अनुशासन र नियम कस्तो हुनुपर्छ ? घर के हो ? एउटा घरमा के के हुनुपर्छ ?घरमा को को बस्छन ?एकल या संयुक्त परिवार भनेको के हो ? घरपालुवा जनावरहरु भनेको के हो? बगैँचा र करेसावारी कस्तो हुनुपर्छ ? घरभित्र के र कस्ता कोठाहरु हुन्छन, त्यसको उपयोग कसरी गरिन्छ ? यस्तै कुराहरु प्रत्यक्ष देखाउन भक्तपुर युरो किड्स सल्लाघारीले साना कक्षाका केटाकेटीहरुलाई उनीहरुकै कक्षाका साथीहरुको घरमा लैजान शुरु गरेको छ ।
कसैको घर सानो होला तर व्यवस्थित होला, कसैको घर ठुलो होला तर अव्यवस्थित हुनसक्छ । कुनै घरमा बाबुआमा र छोराछोरीमात्रै होलान त कसैको घरमा हजुुबा, हजुरआमा, बुबाआमा, काकाकाकी, फुपुदिदी सहितको संयुक्त परिवार होला । यी सबै कुराहरु साना केटाकेटीले प्रत्यक्षरुपमा हेरेर, अनुभव गर्न सकुन भनेर नै साना केटाकेटीलाई पालैपालो कक्षाका साथीहरुको घरमा लैजान थालिएको विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्ले बताउँछन । साना केटाकेटीलाई कक्षाकोठामा पढाएर मात्रै होइन, धेरैजसो नयाँ नयाँ कुरा सिक्नेगरी नयाँ ठाउँमा डुलाएपछि उसले आफुले देखेको कुरा कहिल्यैपनि नविर्सिने काफ्लेको धारणा छ ।
‘त्यसो त साथीभाईको घरमा जाँदा साथीप्रति माया बढ्ने मात्रै हैन, उसले त्यो घरमा देखेको सबै कुरा पछिसम्म याद रहन्छ’ प्रिन्सिपल ज्योति क्षेत्री भन्छिन् ।
पछिल्लो समयमा सो विद्यालयमा पढ्ने प्लेग्रुपकी छात्रा इवाना श्रेष्ठको बाबा अमन लोचन श्रेष्ठको कटुन्जे, सुर्यविनायकमा रहेको घरमा त्यस कक्षाका १६ जना विद्यार्थी पुगेर रमाएका थिए । आफ्नो कक्षाका दुईजना शिक्षक र एकजना आया दिदीको साथ लागेर पुगेका उनीहरु इवानाको घरको कोठाचोटा चहार्दै, उनको खेल्ने कुरा खेल्दै पढ्ने कोठा (पुस्तकालय), करेसाबारी र बगैंचामात्रै हेरे । उनीहरुले त्यस घरको भान्छादेखि वरण्डा, बगैंचादेखि सबै कोठा हेरेर त्यसमा के गरिन्छ भनेर जिज्ञासापुर्वक सोधेका थिए भने ती साना केटाकेटीलाई घरको सबैकुराबारे इवानाकी ममी र हजुुरबुबाले बताएका थिए ।
:566 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव