संस्कृति जोगाउन मोडर्नमा सकिमना पुन्हि

भक्तपुर । भक्तपुर दधिकोटस्थित मोडर्न बोडिङ सेकेन्डरी स्कुलको कक्षा ४ र ५ का विद्यार्थीले आइएसएब्रिटिस काउन्सिल परियोजना अन्तर्गतको स्थानीय पाठ्यक्रमसँग सम्बन्धित रहेर सकिमना पुन्हि मनाएका छन् । कार्तिक शुक्ल पूर्णिमाको अवसरमा कार्तिक २६ गते मंगलबार उनीहरुले प्रयोगात्मक कार्य गरेका हुन् ।
संस्कृतिविद् ओम प्रकाशधौभडेलले सकिमना पुन्हिसम्बन्धित आवश्यक ज्ञान र परामर्श समेत लिएका थिए । विद्यार्थीले दधिकोट हिँचोकस्थित स्थानीय हनुमान मन्दिर परिसरमा उक्त कार्यक्रम आयोजना गरेका थिए ।
विद्यालयका प्रिन्सिपल अनिल कसपालले यस्तो प्रयोगात्मक क्रियाकलापले विद्यार्थीमा एकातिर व्यावहारिक सिकाइ राम्रोसँग हुने र अर्कोतिर संस्कृतिको महत्व बुझी त्यसलाई कसरी जोगाउने भन्ने ज्ञानसमेत प्राप्त हुने बताए ।
कार्यक्रममा विद्यार्थीले समूहमा रहेर भुटेका अन्न(मकै,भटमास, गहुँ तथा उसिनेका कन्दमूल, पिँडालु, सखरखण्ड आदि सामग्रीद्वारा हनुमान, त्रिशूल, नेपालको झण्डा, मण्डला, मन्दिर, कलश, तरवार मुसा, शोस्तिकचिन्ह, हिमाल, पहाड, सूर्य, चन्द्रमा आदिको आकृतिसमेत निर्माण गरेका थिए । विद्यार्थीले कार्तिक महिनामा गाइने नेवारी भजन पनि प्रस्तुत गरेका थिए।
विद्यार्थीको उक्त परियोजनालाई अभिभावक, शिक्षक तथा स्थानीय बासिन्दाहरूले अवलोकन गरेका थिए ।
:1063 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव