ब्लड क्यान्सर पीडितलाई छात्रा टियाको ११ हजार सहयोग

काठमाडौं । आफ्नो जन्मोत्सवको खर्च जोगाएर विगतदेखि नै गरीव तथा विपन्नहरुको उपचारको लागि सहयोग गर्दै आएकी पेप्सीकोला टाउनप्लानिङ्गकी १३ वर्षिया छात्रा टिया श्रेष्ठले यो वर्ष एकजना रक्तक्यान्सर पीडित युवाको उपचारको लागि आर्थिक सहयोग गरेकी छिन् । गएको कात्तिक २७ गते १२ वर्ष पुगी १३ वर्ष लागेकी टियाले आफ्नो जन्मोत्सवको खर्च जोगाएर राखेकी थिइन् ।

राजर्षि गुरुकूल स्कुल भक्तपुरमा ७ कक्षामा अध्यनरत छात्रा टियाले आइतबार मिनभवनस्थित सिभिल अस्पतालको बेड नं २३० मा भर्ना भई उपचार गराईराखेका इनरुवा सुनसरीका २२ वर्षिय आशिष पोखरेलको उपचारको लागि ११ हजार नगद सहयोग गरेकी हुन । उनको उपचारको लागि १५ देखि २० लाख रुपैयाँ लाग्ने बताइएको छ ।

पत्रकार एवम् स्काउट गुरु बलराम प्यासीकोे पहलमा टियाले सो रकम विरामीका बुबालाई हस्तान्तरण गरेकी थिईन । आफ्ना बुबा एभरेस्ट फाउण्डेशन नेपालका संस्थापक अध्यक्ष एवम् करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमी पेप्सीकोला टाउन्प्लानिङ्गका संस्थापक अध्यक्ष तेज श्रेष्ठ र दिदी रिजा श्रेष्ठसंग सिभिल अस्पताल पुगेर टियाले आशिषका बुबा झलकमणि (विष्णु) पोखरेललाई सो रकम हस्तान्तरण गरेकी थिइन् । टियाले यसअघि पनि दुईजना मिर्गाैला पीडित विरामीलाई दश/दश हजार रुपैया आर्थिक सहयोग गरिसकेकी छिन ।

:70 Views

Leave a Reply