सातौं पद्म कप जिल्लाव्यापी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता आजबाट शुरु

भक्तपुर, मंसिर २ । भक्तपुर दरवार क्षेत्रमा अवस्थित पद्म मा.वि.को ९६ औं तथा पद्म कलेजको १० औं वार्षिकोत्सवको उपलक्ष्यमा सातौं पद्म कप जिल्लाब्यापी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ ।
कार्यक्रमलाई उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले खेलकुद स्वस्थ जीवनको लागि अपरिहार्य भएको बताउँदै नागरिक स्वस्थ र शिक्षित भए समाज सभ्य र सुसंस्कृत हुने बताए । उनले नगरपालिकाद्वारा आयोजना हुने विद्यालयस्तरीय प्रतियोगिताहरुमा भक्तपुरका ९२ वटै स्कूललाई सहभागी गराउने सोचका साथ अगाडि बढिरहेको बताए । नगरपालिकाले विभिन्न खेलको नियमित प्रशिक्षण गरिरहेको, राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी तयार गर्न खेलाडी सम्मान र नगरका सबै वडामा व्यायामशाला स्थापना गरिसकेको उनले बताए ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष एवं कलेज व्यवस्थापन समितिका सदस्य राजकृष्ण गोराले विद्यार्थीमा अध्ययनका साथै अतिरिक्त क्रियाकलाप र खेलकुद क्षेत्रमा संलग्न हुँदा अनुशासन र मित्रता कायम रहने बताए । कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले प्रतियोगिताको पूर्ण सफलताको कामना गर्दै कलेजले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न गरिरहेको प्रतियोगिता स¥हानीय रहेको बताए ।
भनपाले खेलाडीहरुलई उत्साहित गर्दै लान र अनुशासित खेलाडी तयार गर्न अन्तरनगर खेलकुद प्रतियोगिताको आयोजना भएको बताउनुहुँदै मंसीर ७ गते अपाङ्गता भएका व्यक्तिको लागि अपाङ्गमैत्री खेल प्रतियोगिता आयोजना गर्न लागिरहेको बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय रेफ्रि गौतमप्रसाद लासीवाले शिक्षा र खेलकुदको सम्बन्ध प्रगाढ भएको बताउनुहुँदै सम्पूर्ण खेल स्वस्थ, अनुशासित, मित्रता र देशको सार्वभौमिकता प्रयोग हुने ढंगले खेलिनु आवश्यक भएको बताए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई, भक्तपुरका खेमराज पोखरेलले शिक्षण सिकाइको अभिन्न पाटोको रुपमा रहेको खेलकुदको आयोजना सराहनीय कार्य भएको बताउँदै विद्यार्थीको शारिरीक र मानसिक विकास गर्न विद्यालयले भूमिका खेलिरहनेमा विश्वास व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्कर बुढाथोकीले नेपालको शिक्षा नीति कुहिरोको काग जस्तै भएको समयमा श्री पद्म माविले शिक्षा क्षेत्रमा गरिरहेको योगदान अद्वितीय रहेको बताए । कार्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्य विनोदचरण रायले भलिबल प्रतियोगिताको औचित्यबारे प्रस्तुत गर्दै नगरपालिकाले खेलकुद क्षेत्रको विकासको लागि अभिभावकीय भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । त्यसैगरी पद्म मा.वि.का प्रचार्य राम हाडाले विद्यालयले पाठ्क्रयमको आधारमा प्रयोगात्मक शिक्षामा जोड दिँदै विज्ञान तथा इन्जिनियरिङ प्रदर्शनीमा जोड दिंदै आएको बताए ।
प्रमुख अतिथि प्रजापतिले पद्म कप टुर्नामेन्टका रेफ्रि सत्यराम न्हिसुतुलाई बल हस्तान्तरण गरेका थिए भने रेफ्रिको तर्पmबाट सुजन बासी, प्रशिक्षकको तर्पmबाट मणि तामाङ र खेलाडीको तर्पmबाट प्रदीप कोलाङले खेललाई अनुशासित ढंगले सञ्चालन गर्न सपथ ग्रहण गरेको सो कार्यक्रममा कार्यक्रमका सभापति बाबुराजा जोशी र शिक्षक दिपक मूलले पनि बोलेका थिए ।
:338 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव