७ स्वर्ण सहित अन्तर विद्यालय तेक्वान्दोको उपाधी महेन्द्र मावि साँगालाई

मंसिर १, भक्तपुर । ताईक्वान्दो ITF नेपालको संयोजन तथा क्वालीटी ईङ्गलीस सेकेन्डरी स्कुल भक्तपुरको आयोजनामा सातौ अन्तर विद्यालय तेक्वान्दो प्रतियोगीता सम्पन्न भएको छ ।

काभ्रे, काठमाडौ, भक्तपुर र ललितपुरका विभिन्न १५ विद्यालयका छात्र छात्राहरु गरी कुल १९२ जना खेलाडीहरुले प्याटन र स्पाईरीङ्ग विद्या तर्फ कुल ३२ स्वर्ण ३२ रजत र ६४ कास्य पदकको लागि प्रतिस्पर्धा गरेका थिए ।

आयोजक विद्यालय क्वालिटी स्कुल प्राङ्गणमा सम्पन्न भएको प्रतियोगितामा महेन्द्र माध्यमीक विद्यालय साँगा काभ्रेले ७ स्वर्ण, ६ रजत र ४ कास्य गरी टिम प्रथमको उपाधी जितेकोे छ ।

गणेश भारती काभ्रे द्धितिय भएको छ, भने श्री बाल ब्यावसायी विद्यालय काठमाडौले हात तेस्रो स्थान हात पारेको छन् ।
प्रतियोगिताको उत्कृष्ट छात्रमा श्री बाल ब्याबसायी विद्यालयका सरद श्रेष्ठ घोषित भएका छन् । यस्तै उत्कृष्ट छात्राको उपाधी जनज्योती विद्यालय काभ्रेकी रेश्मा लुङ्गेलीले हात पारेकी छिन् ।

विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं. ३ का सांसद शशीजंङ्ग थापा, विशेष अतिथी चागुनारायण नगरपालिकाका मेयर सोम मिश्र, भक्तपुर जिल्ला खेलकुदका पूर्व अध्यक्ष दिलिप विष्ट, तेक्वान्दो आईटिएफ नेपालका सल्लाहाकार आङ्गतेम्वा शेर्पा लगायतले पदक तथा प्रमाण पत्रले सम्मानीत गरेका थिए ।

आयोजक क्वालिटी सेकेन्डरी स्कुलका प्रिन्सीपल जि.बी खड्काको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । तेक्वान्दो आईटिएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेतले भावी कार्यक्रम र योजनाका बारेमा जानकारी गराउनुभएको थियो । प्रमुख अतिथी सांसद शशीजंङ्ग थापा तथा सोम मिश्रले आगामी कार्यक्रमहरुमा सहयोग गर्ने आश्वासन दिएका छन् ।

:259 Views

Leave a Reply