उपत्यकाव्यापी नुवागी कप फुटसल प्रतियोगितामा विनायक स्कुल प्रथम

मध्यपुर ठिमी, भक्तपुर । नुवागी मिडियाद्वारा आयोजित नुवागी कप अन्तर विद्यालय फुटसल प्रतियोगितामा विनायक शिक्षा निकेतन ई.सेकेण्डरी स्कूल प्लस टु समूहको विजेता बन्न सफल भएको छ । मध्यपुर ठिमीमा आयोजित उपत्यकाभरिका ११ ओटा प्लस टु हरुबीच भएको उक्त प्रतियोगितामा लिग चरणमा गु्रप विजेता बनी कौस्तुभ एकेडेमीलाई सेमिफाइनलमा हराएर विनायक फाइनलमा प्रवेश गरेको थियो । फाइनलमा चाणक्य कलेजलाई २–१ ले हराउँदै विनायक प्लस टुले चौथौ नुवागी कपको विजेता बन्न सफल भएको थियो । सो प्रतियोगितामा विनायक शिक्षा निकेतनका रविन कुटुले “उत्कृष्ट खेलाडीको” उपाधी पाएका थिए ।

 

 

:107 Views

Leave a Reply