गोल्डेन सुनगाभा स्कुलमा योग शिविर

भक्तपुर, ५ मंसिर । भक्तपुरको दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कुलमा ५ दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न भएको छ ।
सबैको जीवनमा योग आवश्यक रहेकाले स्वस्थ जीवनशैलिको विकासको लागि यो योग कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल महेश गौतमले जानकारी दिए ।
‘स्वास्थ्यका लागि स्वस्थ जीवनशैली’ नाराका साथ गरिएको सो सिभिर मंसिर १ देखि ५ गतेसम्म चलेको थियो । शिविरको पहिलो दिन प्राकृतिक चिकित्सासम्बन्धि डा. हरिप्रसाद पोख्रेल, दोस्रो दिनमा आशन, ध्यानयोगी जीवनशैलीका लागि प्रशिक्षक डा. आनन्द गैरे आएका थिए । त्यस्तै शिविरको तेस्रो दिन योगमा हिलिङ थेरापि सिकाउनका लागि डा.अर्पना भट्टको उपस्थिति रहेको थियो । शिविरको चौथौँ दिनमा डा.राजु अधिकारीले आहार–विहार र शिविरको अन्तिम दिन डा. क्षितिज बराकोटीले वालमनोविज्ञान र मानसिक स्वास्थ्यका बारेमा कार्यक्रम सञ्चालन गरेका थिए ।
पातन्जल योेग समिति जिल्ला शाखा भक्तपुर र गोल्डेन सुनगाभा स्कुलको संयुक्त आयोजनामा भएको योग सिभिरमा विद्यार्थी, शिक्षक र अभिभावक गरी २०० भन्दा बढिको सहभागिता रहेको विद्यालयले जानकारी दिएको छ । शिविर बिहान ५ बजेदेखि ७ बजेसम्म २ घण्टा सञ्चालन गरिएको थियो ।
:612 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव