ग्ल्याडस्टोनमा नाटक प्रतियोगिता

मध्यपुर ठिमी, मंसिर ४ | मध्यपुर ठिमी,मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर अन्तर सदन नाटक प्रतियोगिता सम्पन्न गर्यो ।
विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगत सञ्चालित कार्यक्रममा चार सदनका चारवटा नाटक मञ्चन गरिएको थियो ।विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाको सभापतित्व रहेकोे कार्यक्रमको निर्णायकको भूमिका विद्यालयका अभिनय शिक्षक प्रभाकर न्यौपाने र रङ्ग मञ्च कर्मि प्रल्हाद खरेलले निभाएका थिए ।विद्यालयका अतिरिक्त क्रियाकलाप समितिले संयोजन गरेको प्रतियोगितामा विद्यार्थीहरुलाइ विभिन्न बिधामा सम्मान गरियो।
प्रतियोगितामा बोसन सदनकी स्तुति सापकोटा द वेस्ट एक्ट्रेस सपोर्टिङ रोलको उपाधी चुमिन भने लेप्टन सदनका निराजन ढकाल द वेस्ट एक्टर सपोर्टिङ रोल बन्न सफल भए ।त्यसैगरी हार्डन सदनकी आयुषा पौडेलले द वेस्ट एक्ट्रेस मेनरोलको उपाधी उचालिन भने लेप्टन सदनका फुर्साङ तामाङ द वेस्ट एक्टर मेनरोलको उपाधी पाउन सफल भए । प्रतियोगितामा वायरन सदनकी श्रेया अवाल वेस्ट राइटर बन्न सफल भइन भने हार्डन सदनका सदन शिक्षक दिपिन श्रेष्ठ वेस्ट डाइरेक्टर बन्न सफल भए ।द वेस्ट ड्रामा अफ द इयरको उपाधी लेप्टन सदनले प्राप्त गर्यो ।
विजेता विद्यार्थीहरुलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गर्दै विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले विद्यार्थीको अभिनय र लगनशीलताको खुलेर तारिफ गर्दै बोसन सदनका एड्भाइजर प्रबिन राजबाहक,हार्डन सदनका एड्भाइजर दिपिन श्रेष्ठ ,लेप्टन सदनकी एड्भाइजर विनिता प्रजापति र वायरन हाउसका एड्भाइजर सबिन श्रेष्ठले कार्यक्रम सफल बनाउन गरेको मिहिनेत अतुलनीय रहेकोे बताए ।
:290 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव