आधारभूत तह (कक्षा ८) परीक्षा समिति २०७६ गठन

भक्तपुर, कार्तिक ६ । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरुको आधारभूत तह (कक्षा ८) को परीक्षा सञ्चालन समन्वय तथा आवश्यक व्यवस्था गर्न भक्तपुर नगरपालिका शिक्षा ऐन २०७४ को परिच्छेद ६ दफा १५ बमोजिम भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष प्रेम गोपाल कर्माचार्यको अध्यक्षतामा आठ सदस्यीय आधारभूत तह परीक्षा समिति २०७६ गठन गरेको छ ।
उक्त समितिमा अध्यक्षमा प्रेम गोपाल कर्माचार्य, सदस्यहरुमा भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, सार्वजनिक परीक्षा समितिका गंगाधर हाडा, संयुक्त परीक्षा समितिका पुष्पलाल सुजखु, प्याब्सनका रमेशचन्द्र श्रेष्ठ, एनप्याब्सनका पुण्यराम कवां, इसानका कृष्णराम त्वानाबासु रहेका छन् ।
समिति गठनपश्चात नगर प्रमुख सुनिल प्रजापतिले सम्पूर्ण पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै परीक्षालाई स्वच्छ, मर्यादित एवम् अनुशासित रुपमा सम्पन्न गर्न निर्देशन दिएका थिए । संविधानले माध्यमिक तह कक्षा १२ सम्मको परीक्षा व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारलाई दिइसकेको सन्दर्भमा एसईई लगायत कक्षा ११ र १२ को परीक्षा पनि नगरपालिकाबाट सञ्चालन गर्नु परेमा नगरपालिका तयार रहेको जानकारी गराए । उनले कक्षा ८ को आधारभूत तहको परीक्षा सफल रुपमा सञ्चालन गर्न आग्रह गरेका थिए ।
:678 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव