विद्यालयका कप्तान र उपकप्तानलाई प्याब्सनको नेतृत्व तथा जीवन कौशल विकास तालिम

भक्तपुर, मंसिर ७ । भक्तपुर प्याब्सन, अनुसन्धान तथा विकास समितिले विद्यालयका कप्तान र उपकप्तानलाई एक दिने जीवन कौशल विकास तालिम दिएको छ ।

४६ विद्यालयका ९१ कप्तान र उपकप्तानको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले नेतृत्व विकासका विभिन्न क्रियाकलाप गरेका थिए । कार्यक्रमका श्रोत व्यक्ति/प्रशिक्षक संजय खड्काले विद्यार्थीहरुलाई विभिन्न क्रियाकलाप मार्फत तालिम दिएका थिए । कार्यक्रमका संयोजक, मध्यपुर प्याब्सनका उपाध्यक्ष एवं अनुसन्धान तथा विकास समितका सदस्य कर्ण कायस्थले कार्यक्रमले विद्यार्थीहरुको आत्मविश्वास बढाएको बताए । उनले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम गरिने बताए ।

कार्यक्रम भक्तपुर प्याब्सनका वरिष्ठ उपाध्यक्ष एवं अनुसन्धान तथा विकास समितिका संयोजक सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा र प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो ।

 

 

:653 Views

Leave a Reply