एस.एस.कलेजको ‘१४ औं कलेज’ दिवस सम्पन्न

मध्यपुर ठिमी–४ । नयाँ ठिमीमा अवस्थित एस.एस.कलेजले १४ औं कलेज दिवस यही मंसिर ७ गते शनिबार मनायो । कक्षा ११ का विद्यार्थी नतासा के.सि. कोे स्वागत् मन्तव्यसँगै शुरु भएको कार्यक्रममा कलेजका प्राचार्य राजन प्रसाद काफ्लेले कलेजका गतिविधि माथि प्रकाश पार्दै कलेज अस्वस्थ प्रतिस्पर्धामा नउत्रिने र आफैसँग प्रतिस्पर्धा गर्दै अगाडि बढेको बताउनु भएको थियो । कलेज व्यवस्थापन समितिका अध्यक्ष डा. बच्चु राम कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डा. हरि लम्सालले सैद्घान्तिक भन्दा व्यवहारिक ज्ञान तर्फ जोड दिनुपर्ने आवश्यकता औल्याउनु भएको थियो ।

मध्यपुर थिमी नगरपालिका शिक्षा शाखा प्रमुख  बालकृष्ण गैरेले वरिपरिका अन्य शैक्षिक संस्थालाई पनि सँगसँगै अगाडि बढाउने शुभेक्षा प्रदान गर्नुभएको थियो । स्थानीय समाजसेवी एवम बाद्यगुरु गोपाल प्रजापतिलाई सम्मान समेत गरिएको उक्त कार्यक्रममा कलेजको वार्षिक कार्यक्रमका सहभागी तथा विजेता विद्यार्थीहरूलाई पुरस्कार तथा पदक वितरण गरिएको थियो । उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरू, शिक्षक कर्मचारी एवम् सहयोगी हातहरूलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रमको अन्त्यमा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । यस अघि कलेज दिवसकै अवसरमा मंसिर ५ गते बृहत खुल्ला रक्तदान तथा निशुल्क दन्त परीक्षण समेत गरिएको थियो ।

:982 Views

Leave a Reply