युथ मिट २०१९ सम्पन्न

काठमाडौँ । नेपाल स्काउट अन्तर्गत सञ्चालित इन्नोभेटिभ ओपन क्रियुले ‘युथ मिट २०१९’ कार्यक्रम आयोजना गरेको छ । ललितपुरको ए.भि.एम स्कूलमा आयोजना भएको कार्यक्रममा काठमाडौँ उपत्यकालगायत देशका विभिन्न जिल्लाबाट रोभर रेन्जर स्काउटहरुका साथै झण्डै एक सय जना युवाले सहभागि भएका थिए । कार्यक्रमलाई उद्घाटन गर्दै नेपाल स्काउट तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले नेपाल स्काउट युवाको संस्था भएकाले अब मुलुकभरका सम्पूर्ण युवाहरुलाई स्काउटिङ अभियानमा सहभागि गराई समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार गर्न सहयोग गर्ने बताए ।
देशका लागि आवश्यक चरित्रवान् र सक्षम नागरिक निर्माण गर्न स्काउटले अग्रणी भूमिका निर्वाह गरेको र यस अभियानमा इन्नोभेटिभ ओपन क्रियुको विगतदेखि महत्वपूर्ण योगदान भएकोमा आयोजक समूहलाई उनले आभार प्रकट गरेका थिए । कार्यक्रममा सुरेन्द्र वस्यालले डिजिटल उद्योमशीलता, विश्व गल स्काउट संगठन एशिया प्रशान्त क्षेत्रकी रुपा गौतमले नेतृत्व विकास, मिडियाकर्मी राधाकृष्ण धितालले आत्मपहिचान र नेपाल प्रहरीको प्रहरी नायव महानिरिक्षक पीताम्बर अधिकारीले उद्यम क्षेत्रको वातावरण विषयमा प्रस्तुतीकरण गरेका थिए ।
सहभागीहरुको उत्साह र सक्षम सान्दर्भिक कार्यक्रम भएकोले राम्रो सहभागिता भएको र कार्यक्रम सफल भएको आयोजक इन्नोभेटिभ क्रियुका लिडर देवराज घिमिरेले बताए ।
:796 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव