शंकर नेशनल स्कुलमा कराते– ग्रेङिङ सम्पन्न

भक्तपुर । भक्तपुरस्थित शंकर नेशनल स्कुलद्वारा आयोजना गरिएको कराते–ग्रेङिङ २०७६ कराते प्रशिक्षक ईश्वर थापाको रोहोवरमा सम्पन्न भएको छ । कार्यक्रममा कराते तालिम लिने विद्यार्थीहरुको प्रतिभा हेरेर र मूल्याङ्कन गरेर ती विद्यार्थीहरुको ग्रेङिग गरिएको थियो । कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुलाई खेलकुदद्वारा पनि अगाडि बढाउनु पर्छ भन्ने धारणा विद्यालयका प्रधानाध्यापक शरण चौलागाईको थियो । कराते तालिम लिने विद्यार्थीहरुलाई भविष्यमा खेलकुदहरुको प्रतिस्पर्धामा लगी समाज र राष्ट्रको नाम उच्च राख्न सक्ने धारणा व्यक्त गरेका थिए र त्यसको लागि तयारी पनि भइरहेको छ भन्ने बारेमा विद्यालयको अतिरिक्त क्रियाकलाप विभागले पनि पूर्ण जानकारी दिएको थियो ।

:764 Views

Leave a Reply