मध्यपुर नगरपालिका कपमा विनायक विजयी

मध्यपुर ठिमी | मध्यपुर ठिमी नगरपालिका र मध्यपुर यूथ एसोसियसनद्वारा आयोजित पाँचौ मध्यपुर नगरपालिका कपमा विनायक स्कूल विजय हुन सफल भएको छ । नगर भरिका विद्यालय सहभागि रहेको उक्त खेलमा हिमचुली स्कूलसँग १(० ले जितेसंगै फाइनलमा प्रवेश गरेको थियो । फाइनल खेलमा एस. ओ. एस. स्कूलसँग कडा प्रतिस्पर्धा गर्दै विजेता भएको थियो । उक्त खेलमा म्यान अफ द म्याच र उत्कृष्ट खेलाडी मदन खत्री घोषित भएका थिए । उत्कृष्ट गोलरक्षक पुष्पलाल आलेमगर र उत्कृष्ट प्रशिक्षक पनि यसै विद्यालयका प्रशिक्षक मनोज रंजित घोषित भएका थिए ।

:161 Views

Leave a Reply