ब्रिजवाटर कप फुटबल प्रतियोगिता मंसिर २९ गतेदेखि हुँदै

काठमाडौँ । नेपालको शिक्षा क्षेत्रमा विगत लामो समयदेखि योगदान पु¥याउँदै आएको शैक्षिक संस्था काठमाडौं सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेशनल कलेजले मध्यपुरका उर्जावान युवाहरुले सुरु गरेको सामाजिक र गैर नाफामूलक संस्था मध्यपुर युथ एसोशिएसनसँग सहकार्य गरी ब्रिजवाटर कप अन्तर प्लस टु फुटबल प्रतियोगिता गर्ने भएको छ ।
२०६७ सालदेखि अविछिन्न रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षाका विभिन्न आयामहरुमा आफूलाई एक पृथक परिचयको साथ उभ्याउन सफल ब्रिजवाटर इन्टरनेशनल कलेजले शिक्षामा खेलको महत्वलाई पनि उत्तिकै जोड दिँदै आएको छ । एक्काईसौं शताब्दीको शिक्षाले पढाइ–लेखाइ मात्र नभई बालबालिकाको सर्वाङ्गीण पक्षको विकास गर्नमा अहम् भूमिका निर्वाह गर्नुपर्दछ भन्ने मान्यतालाई आत्मसात् गर्दै कलेज स्तरमा फुटबललाई प्रोत्साहन गर्ने, कलेजहरुको बिचमा संस्थागत सम्बन्ध प्रवद्र्धन गर्ने, उत्कृष्ट खेलाडीहरुको पहिचान र उचित व्यवस्थापन गर्ने तथा विद्यार्थीहरुमा खेलप्रति सकारात्मक भावनाको विकास गराउने उद्देश्यका साथ ब्रिजवाटर इन्टरनेशनल कलेजले मध्यपुर युथ एसोशिएसनसँगको सहकार्यमा मंसिर २९ गतेदेखि पौष १२ गतेसम्म मध्यपुर युथ एशोसिएसन फुटबल मैदान, सानोठिमी, भक्तपुरमा हुने भएको छ ।
प्रतियोगिताको विजेतालाई नगद रु. १,००,००० (एक लाख रुपैँया), ट्रफी, मेडल र प्रमाणपत्र र उप विजेतालाई नगद रु. ५०,००० (पचास हजार रुपैँया), ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, अनुशासित टिमलाई पनि सम्मान गरिने र प्रत्येक खेलमा १ जना उत्कृष्ट खेलाडीलाई सम्मान पनि गरिने आयोजकले बताएको छ ।
प्रतियोगितामा ३२ वटा टिमको सहभागिता रहनेछ । मंसिर २५ गतेसम्म टिम दर्ता गर्न सकिने र फर्म ब्रिजवाटर इन्टरनेशनल कलेज, सिनामंगल र मध्यपुर युथ एसोशिएसन, मध्यपुरथिमीमा लिन सकिने आयोजकले बताएको छ ।
:1708 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव