अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न

डेमोस स्कुलको कौडा नृत्य भयो उत्कृष्ट

भक्तपुर, १८ मंसिर । नेशनल प्याब्सन भक्तपुरद्वारा अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । सदस्य विद्यालय अन्तर्गत भएको उक्त लोकनृत्य प्रतियोगितामा डेमोस इंग्लिस स्कुलको कौडा नृत्य, पारागन एकेडेमीको सतार नृत्य, क्वालिटी इंग्लिस स्कुलको संगिनी र इमेल इंग्लिस स्कुलको नेवारी नृत्यले क्रमशः प्रथम, द्धितिय,तृतीय र सान्त्वना भएका थिए ।

संस्थाका अध्यक्ष जी.वी. खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाई भक्तपुर प्रमुख खेमनाथ पोखरेलको प्रमुख आतिथ्यतामा भएको थियो । कला संस्कृतिको जगेर्ना गर्ने हेतुले आयोजित उक्त कार्यक्रम सचिव शिवकृष्ण कवांले संचालन गरेका थिए भने गीता खड्काले संयोजन गरेका थिए ।

विजेता समूहलाई उपत्यकाब्यापी नृत्य प्रतियोगितामा प्रतिस्पर्धा गराइने अध्यक्ष जी.वी. खड्काले बताए ।

:642 Views

Leave a Reply