विनायकलाई अन्तराष्ट्रिय जुरान अवार्ड

मध्यपुर थिमि, भक्तपुर । शिक्षा, साँस्कृतिक तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा अब्बल रहेको मध्यपुर थिमिमा अवस्थित बिनायक शिक्षा निकेतन ई.से.स्कुलले पहिलो अन्तराष्ट्रिय जुरान अवार्ड प्राप्त गरेको छ । स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्मका विभिन्न प्रतियोगिताहरुमा राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल बिनायक शिक्षा निकेतनले यही मंसिर ११ गते देखि १४ गतेसम्म भारतको लखनउको सिटी मन्टेश्वरी स्कुलमा आयोजित विद्यार्थीहरुको अन्तराष्ट्रिय गुणीय चक्र कार्यक्रम अन्तर्गत २२ औं International Students Quality Circle को अन्तर्राष्ट्रिय सम्मेलनमा थाइल्याण्ड, भारत, श्रीलङ्का, बङ्गलादेश, मोरिसस लगायत अन्य देशका विद्यार्थीहरुलाई पछाडि पार्दै अन्तराष्ट्रिय जुरान अवार्ड  प्राप्त गर्न सफल भएको हो । कार्यक्रममा सहभागी सातजना विद्यार्थीहरुले निस्क्रिय विद्यार्र्थी शीर्षकमा Case Study Presentation गर्दै अन्तराष्ट्रिय निर्णायकहरु र अन्य प्रतियोगीहरुलाई मन्त्रमुग्ध बनाएका थिए । सो कार्यक्रमको नेतृत्व विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले गर्नुभएको थियो । साथै सोही क्रममा विद्यार्थीहरुले नाटक, Art & Painting, साँस्कृतिक कार्यक्रम र वादविवादमा सक्रिय सहभागिता जनाउँदै राष्ट्रकै छविलाई उच्च राख्ने काम गरेका थिए ।

:315 Views

Leave a Reply