विद्यालयका बस चालकलाई ट्राफिक सुरक्षा सम्बन्धी सचेतना

भक्तपुर । भक्तपुर प्याब्सन, जिल्ला कार्यसमिति भक्तपुरको अनुसन्धान तथा विकास उप–कमिटीद्वारा विद्यालयका बस चालक तथा सह–चालकहरुका निमित्त नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको सहयोगमा ट्राफिक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी उपरिक्षक सबिन प्रधानको मुख्य प्रशिक्षण भएको उक्त कार्यक्रममा १४१ जना विद्यालय बस चालक तथा सह चालकहरुको सहभगिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन जिल्ला कार्यसमिति भक्तपुरका अध्यक्ष चन्द्र अधिकारीले विद्यार्थी बोक्ने गाडीको सम्बेदनशिलतालाई मध्य नजर गरी बस संचालन गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमका संयोजक एवम् रिसर्च एन्ड डेब्लोपमेन्ट कमिटीका संयोजक सुरेन्द्र श्रेष्ठले सवारी दुर्घटनाका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय तथ्याङ्क प्रस्तुत गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव