जुम्बा व्यायाममा रम्दै युरो किड्सका विद्यार्थी

भक्तपुर । कोलम्वियन नर्तक एवम् कोरियोग्राफर अल्वर्टाे बेटो पेरेजद्वारा सन् १९९८ अक्टोबरमा कोलम्वियाबाट शुरु गरेको जुम्बा व्यायाम २१ वर्षपछि भक्तपुर युरो किड्स सल्लाघारीका साना विद्यार्थीले शुरु गरेका छन् । नेपाल लगायत विश्वका १ सय ८० देशका युवा र वयस्कले यो व्यायाम गर्दै आएका छन् ।
नृत्यको माध्यमबाट गरिने व्यायाम नै जुम्बा व्यायाम हो । नाच्दै गरिने व्यायाम भएकोले यो व्यायाम साना केटाकेटीले बढी मन पराउने गर्छन । साना विद्यार्थीलाई जुम्बा व्यायाम शुरु गर्ने भक्तपुर युरो किड्स नै संभवत भक्तपुरको पहिलो विद्यालय हो । साना विद्यार्थीलाई स्वस्थ र सकृय राख्नका लागि हरेक आइतबार जुम्बा व्यायाम शुरु गरिएको भक्तपुर युरो किड्सका प्रवन्ध निर्देशक नवराज काफ्लेले बताए । जुम्बा व्यायामको तालीम लिएकी भक्तपुर युरो किड्सकी शिक्षिका ममता गिरीले कक्षा एकदेखि ३ सम्मका सबै विद्यार्थीहरुलाई जुम्बा व्यायाम सिकाउँदै आएकी छिन् ।
:239 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव