गेन्द्र लामाको अध्यक्षतामा प्याब्सकको नयाँ कार्यसमिति चयन

काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को बुधबार धुलिखेलको जंगल रिसोर्टमा भएको चौथो अधिवेशनबाट गेन्द्र लामाको नेतृत्वमा १५ सदस्य कार्यसमिती चयन भएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा समिर बास्तोला, महासचिवमा राजन श्रेष्ठ, उप–महासचिवमा भिष्म ढकाल, सचिवमा दिपेश खत्री, कोषाध्यक्षमा मिन कुमार कोइराला, सह–कोषाध्यक्षमा सुदिप काफ्ले, सदस्यहरुमा लेखजंग खत्री, राजेन्द्र पुडासैनी, भोज कुमार धमला, होमलक्ष्मी गुरुङ, तेन्जिङ्ग भुटिया, राजकुमार गिरी, सन्तोष लुइटेल र अनिता गिरी निर्वाचित भएका छन् ।
नेशनल प्याब्सनका केन्द्रिय महासचिव सुवास न्यौपानेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेशनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, पुष्पलाल मेमोरियल कलेजका डाइरेक्टर केदार राज पुडासैनी, नेशनल प्याब्सन काठमाडाँैका सचिव अमृत खड्का, कोषाध्यक्ष श्याम योञ्जन, नेसनल प्याब्सन काठमाडौँ महानगरका अध्यक्ष भिष्म पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
प्याब्सकका कार्यबाहक अध्यक्ष नारायण तिम्सिनाको सभापतित्वमा गरिएको उक्त अधिवेशनमा सिपी आचार्य, दिनेश खतिवडा र विष्णु पराजुलीले निर्वाचन मण्डलको जिम्मेवारी लिएका थिए । बुधबार नै निर्वाचित कार्यसमितीलाई सिपी आचार्यले सपथ ग्रहण गराएका थिए ।
सपथ ग्रहण समारोह पछि कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष लामाले आफूलाई दिइएको जिम्मेवारीलाई इमान्दारिता र लगनशिलताका साथ निजी विद्यालयहरुको मर्म र भावना अनुरुप काम गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । साथै आफ्ना ठोस योजनाहरु केहि दिनमा नै पत्रकार सम्मेलन मार्फत जानकारी गराउने बताए ।
:541 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव