सुदेशामा बाल साहित्य महोत्सव सम्पन्न

ललितपुर । ललितपुरको नख्खुस्थित सुदेशा स्कुलले बालसाहित्य महोत्सव सम्पन्न गरेको छ । कक्षा ४ देखि ६ सम्मका ७३ जना विद्यार्थीहरुले आफूले लेखेका कथाहरुको किताब प्रदर्शनीमा राखेका थिए । त्यसैगरि कक्षा एक, दुई र तीन कक्षाका विद्यार्थीहरुले लेखेका कविताहरु समेटेर बनाएको कविता सङ्ग्रहरु पनि प्रदर्शनीमा राखिएका थिए । यस्ता साहित्यिक महोत्सवहरुले विद्यार्थीहरुको विचार, कल्पनाशक्ति र रचनात्मकतामा वृद्धि हुने विद्यालयकी प्रधानाध्यापक विरङ्गना महर्जनले बताइन् । प्रदर्शनीमा अभिभावकहरु अन्य विद्यालयका भाइवहिनीहरु साथै विभिन्न साहित्यकारहरुले अवलोकन गरेका थिए । यस कार्यव्रmमलाई अझ रोचक बनाउन विद्यार्थीहरुले विभिन्न खेलहरुको पनि आयोजना गरेका थिए ।
:480 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव