ब्रिजवाटर कप अन्तर प्लस टु फुटबल प्रतियोगिताको तयारी पूरा

पहिलो खेल ब्रिजवाटर कलेज र पेन्टागन कलेजबीच हुने

भक्तपुर, २७ मंसिर । नेपालको शिक्षा क्षेत्रमा विगत लामो समयदेखि योगदान पु¥याउँदै आएको शैक्षिक संस्था काठमाडौं सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेशनल कलेजले मध्यपुरका उर्जावान युवाहरुले सुरु गरेको सामाजिक र गैर नाफामूलक संस्था मध्यपुर युथ एसोशिएसनसँग सहकार्य गरी ब्रिजवाटर कप अन्तर प्लस टु फुटबल प्रतियोगिताको तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । आजै मध्यपुर युथ एसोशिएसनको सभाहलमा गोलप्रथा गरी खेल तालिका प्रकाशन गरिएको थियो ।

विद्यार्थीहरुमा खेलप्रति सकारात्मक भावनाको विकास गराउने उद्देश्यका साथ ब्रिजवाटर इन्टरनेशनल कलेजले मध्यपुर युथ एसोशिएसनसँगको सहकार्यमा मंसिर २९ गतेदेखि पौष १२ गतेसम्म मध्यपुर युथ एशोसिएसन फुटबल मैदान, सानोठिमी, भक्तपुरमा हुने उक्त प्रतियोगितामा काठमाडौं उपत्यकाका ३२ वटा प्लस टु स्कुलहरुले सहभागिता जनाउँदै छन् । नकआउट चरणमा हुने उक्त प्रतियोगिताको समय ८० मिनेट र सेमी फाइनल र फाइनल खेल ९० मिनेटको हुने आयोजकले बताएको छ ।

प्रतियोगिताको विजेतालाई नगद रु. १,००,००० (एक लाख रुपैँया), ट्रफी, मेडल र प्रमाणपत्र र उप विजेतालाई नगद रु. ५०,००० (पचास हजार रुपैँया), ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, अनुशासित टिमलाई पनि सम्मान गरिने र प्रत्येक खेलमा १ जना उत्कृष्ट खेलाडीलाई सम्मान पनि गरिने आयोजकले बताएको छ ।

:443 Views

Leave a Reply